एजेन्सी : बलिउड र साउथ फिल्मका चर्चित खलनायक प्रकाश राज यतिबेला निकै चर्चामा छन्। कैयन् राष्ट्रिय पुरस्कारहरुबाट सम्मानित ‘दबंग’ का ठाकुर बच्चा सिंह प्रकाश राज अहिले साउथ देखि बलिउड फिल्मसम्म आफ्नो खलनायक भूमिकाको लागि परिचित छन्। प्रकाश राजको प्रोफेशनल लाइफ मजबूत भए पनि उनको पर्सनल लाइफ भने निकै उतारचढावपूर्ण रहेको छ। उनले एक से एक धमाकेदार फिल्महरुमा काम गरेका छन्।
आफ्नो नकारात्मक भूमिकाबाट उनले दर्शकको मनमा सकारात्मक स्थान बनाएका छन्। प्रकाश राजले साउथ इन्डस्ट्रीसँगै बलिउड सिनेमालाई पनि धेरै सुपरहिट फिल्म दिएका छन्। ४५ वर्षको उमेरमा उनको जीवनमा उनीभन्दा १३ वर्ष कान्छी युवतीको प्रवेशको कथा भने अलि पृथक छ ।
प्रकाश राजले जीवनको सुरुवातदेखि नै जीवनयापनको लागि धेरै सङ्घर्ष गरे। सन् १९६७ मार्च २६ मा बेंगलुरुमा जन्मिएका प्रकाश राजले सानै उमेरदेखि नै घरव्यवहार सम्हाल्न थाले किनकी उनका पिता सधैँ नशामा लिप्त रहन्थे। कन्नड़, तमिल, मराठी फिल्महरुमा काम गरिसकेका प्रकाश राजले सन् २००९ मा सलमान खानको फिल्म ‘वान्टेड’ बाट बलिउडमा प्रवेश गरेका हुन्। उनले ‘सिंघम’, ‘दबंग २’, ‘हिरोपन्ती’ जस्ता धेरै सुपरहिट फिल्ममा काम गरिसकेका छन् ।
फिल्मबाहेक उनी राजनीतिमा पनि जोडिए। उनले लोकसभा चुनाव पनि लडे तर त्यसमा उनले लज्जास्पद हार बेहोरे। दोस्रो विवाहका कारण चर्चामा आएका प्रकाश राज निकै विलासी जीवन बिताइरहेका छन् ।
प्रकाश राजको दोस्रो विवाह भएको ११ वर्ष पूरा भएको छ। उनले २४ अगस्ट सन् २०१० मा पोनी वर्मासँग विवाह गरेका थिए। संयोगवश सन् २०२१ को अगस्टमा उनले पोनीसँग पुन: विवाह गरे। छोरा वेदान्तले आफ्नो बिहे हेर्न तीव्र इच्छा व्यक्त गरेको र छोराको कुरा नकार्न नसकी आफूहरुले पुन: विवाह गरेको उनले बताए। उनको भनाईअनुसार छोराको खुशीको खातिर उनले यो सबै गरेका हुन्।
पोनी वर्मा भन्दा पहिले प्रकाश राजको अर्की श्रीमती थियो। उनी पहिल्यै देखि विवाहित थिए। पोनी वर्मा उनकी दोस्रो पत्नी हुन्, उनकी पहिलो पत्नीको नाम ललिता कुमारी थियो। उनले पोनीलाई फिल्मको सेटमा भेटेका थिए। जहाँ उनीहरुबीच मित्रता गाँसियो र केही दिनपछि दुवै विवाहको पवित्र बन्धनमा बाँधिए। प्रकाश राज प्रायः मोदी विरोधी छविका लागि पनि चिनिन्छन्। उनको आगामी फिल्मको कुरा गर्दा उनी केजीएफ च्याप्टर २ मा देखिदैछन् ।