कुम्भ राशि भएका व्यक्तिहरूको लागि नयाँ वर्षले जीवनमा केही विशेष परिवर्तन ल्याउनेछ। नयाँ वर्षले मिश्रित नतिजा दिनेछ । परिवारमा सदस्यहरूसँग आपसी मतभेदको स्थिति हुनेछ। तर सन २०२२ रोजगारीका लागि राम्रो रहनेछ, व्यापारमा धन वृद्धि हुनेछ । सन २०२२ को मध्यमा शत्रुहरूबाट सावधानी अपनाउनुपर्ने देखिन्छ। यसका साथै आर्थिक दृष्टिले पनि वर्षको मध्य लाभदायी रहनेछ। कुम्भ राशिका मानिसहरुका लागि के के विशेष हुने छ, हेर्नुहोस्।
करियर
नयाँ वर्ष करियरको लागि शुभ रहनेछ। कामको खोजी समाप्त हुनेछ। व्यापार विस्तार हुनेछ । यसका साथै व्यापारमा धन लाभ पनि हुनेछ । जुन–जुलाईमा आर्थिक समस्या आउनेछ । खर्च वृद्धिको कारण मन चंचल रहनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । मिहिनेतले राम्रो नतिजा प्राप्त गर्नेछन् ।
आर्थिक
नयाँ वर्ष आर्थिक जीवनका लागि मिश्रित फलदायी रहनेछ। आर्थिक लाभसँगै खर्च पनि बढ्नेछ । कुनै कानूनी विवादमा आर्थिक हानि हुनेछ। तपाईले कुनै पनि प्रकारको आर्थिक लगानी गर्नु अघि सावधानीपूर्वक सोच्नु पर्छ। सन २०२२ को मध्यदेखि आर्थिक अवस्था सामान्य हुनेछ।
पारिवारिक जीवन
परिवारका लागि नयाँ वर्ष शुभ रहनेछ । घरपरिवारका व्यक्तिहरूसँग आपसी प्रेम कायम रहनेछ। यससँगै सम्बन्ध मजबुत बन्नेछ । जसबाट मन प्रसन्न रहन्छ । वर्षको मध्यमा परिवारका सदस्यहरूसँग मतभेद हुन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नुपर्नेछ।
प्रेम फल
नयाँ वर्ष प्रेम जीवनको लागि शुभ साबित हुनेछ। प्रेम जीवनमा साथीसँग राम्रो सम्बन्ध रहनेछ। यसका साथै दाम्पत्य जीवन पनि सुखद रहनेछ । विवाह नगर्ने हरुको लागि यो प्रस्ताव आउनेछ । प्रेम विवाहको मनोकामना पनि पूरा हुनसक्छ ।