केही समय पहिले नेपाली चलचित्र क्षेत्रका अभिनेत्री गर्भवती भएको खबरले सामाजिक सञ्जाल निकै तातेको थियो । पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्वीरले सामाजिक सञ्जाल तताएको थियो । प्रियंका पछि अभिनेत्री ऋचा शर्माको गर्भावस्थाको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अभिनेत्री प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा प्रशंसक र आलोचक समान रुपमा पाउन सकिन्थ्यो भने अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उनको बेबी बम्पको भने धरै फ्यानहरुबाट प्रशंसा भएको पाउन सकिन्छ । यति बेला अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी छिन् भने ऋचाले छोरालाई जन्म दिएकी छिन् ।
यति बेला सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरेका तस्बिर तथा भिडियो दर्शकले निकै रुचाएका छन् । अभिनेत्रीले उनको छोराको साथमा निकै सुन्दर तस्वीर तथा भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । अहिले ऋचाले सार्वजनिक गरेको तस्वीरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।
अहिले अभिनेत्री ऋचाले उनको छोराको साथमा सार्वजनिक गरेको तस्वीरमा विभिन्न कलाकार सहित अभिनेत्रीका फ्यानको लाइक कमेन्टको वर्षात् गरेका छन् ।