एजेन्सी : ‘पुष्पा : द राइज(Pushpa : The rise)’ को ऐतिहासिक सफलतापछि अहिले बलिउडमा दक्षिण भारतीय कलाकारहरुका निकै चर्चा हुन् लागेको छ। दक्षिण भारतका सुपरस्टारहरूका फिल्म हिट हुनेबित्तिकै त्यसलाई हिन्दी रिमेक बनाउने प्रचलन छ। खासगरी तेलगु सुपरस्टार महेश बाबूका फिल्महरुका थुप्रै हिन्दी रिमेक बनेका छन्। तेलगु फिल्म इन्डस्ट्रीमा महेश बाबूको एकलौटी राज छ।
प्रभास या अल्लू अर्जुनका कुनै फिल्म हिट हुँदा महेश बाबूलाई चुनौती बन्ने भनाई पनि व्याप्त छ। महेश बाबूका फिल्महरुका हिन्दी रिमेकसहित अरु थुप्रै भाषाहरुमा फिल्म बनेका छन्। तर महेश बाबुले अन्य कुनै पनि भाषाको हिट फिल्मको रिमेकमा काम गरेका छैनन्। यहाँ हामी महेश बाबूका ती फिल्महरुका बारेमा चर्चा गर्छौँ, जुन फिल्मको हिन्दी रिमेक बनाईएको थियो।
• वान्टेड(Wanted) : –
‘एक बार मैंने कमिटमेंट कर ली तो मैं अपने आप की भी नहीं सुनता…’ फिल्म वान्टेडमा सलमान खानको यो हिट डायलग त तपाईलाई यादै होला। यहीँ फिल्मबाट सलमानको करियरले नयाँ गति पाएको थियो। यो फिल्म महेश बाबूको सुपरहिट तेलगु फिल्म ‘पोकिरी(Pokiri)’ को रिमेक हो। तेलगुमा ‘पोकिरी’ लाई पुरी जगन्नाथले निर्देशन गरेका थिए। जबकी हिन्दीमा वान्टेडलाई प्रभुदेवाले निर्देशन गरेका थिए। तेलुगुमा इलियाना डिक्रुजको भूमिका हिन्दीमा आयशा टाकियाले निभाएकी थिइन्। यो फिल्म हिन्दी बाहेक अरु भाषामा पनि बनाईएको थियो।
• तेवर(Tevar ) : –
अर्जुन कपूर, सोनाक्षी सिन्हा स्टारर फिल्म तेवर पनि महेश बाबुको हिट फिल्म ओक्कडु(Okkadu)को हिन्दी रिमेक थियो।सन् २००३ मा रिलिज भएको ओक्कडुमा महेश बाबुसँगै भूमिका चावला मुख्य भूमिकामा थिइन्। ओक्कडु हिट भएपछि सन् २०१५ मा हिन्दीमा ‘तेवर’ बनाईएको थियो। महेश बाबुको भूमिकामा अर्जुन कपुर र चावलाको भूमिका सोनाक्षी सिन्हाले निभाएकी थिईन्।तेलगु फिल्ममा प्रकाश राजले निभाएको ओबुल रेड्डीको नकारात्मक भूमिका भने हिन्दी रिमेकमा मनोज बाजपेयीले निभाएका थिए ।
• एक : द पावर अफ वन(Ek : The Power of One) : –
यो फिल्म सन् २००५ मा आएको तेलगु फिल्म अथाडु(Athadu) को रिमेक थियो। महेश बाबु अभिनित यो फिल्म तेलुगुमा निकै हिट साबित भएको थियो । यसको हिन्दी रिमेक सन् २००९ मा बनाईएको थियो। महेश बाबू अभिनित भूमिका बबी देओलले निभाएका थिए भने श्रिया सरनले त्रिशा कृष्णनको भूमिका निभाएकी थिईन्। यद्यपि हिन्दी रिमेक खासै सफल हुन् सकेन्।
सन् २०११ मा महेश बाबू र सामन्था स्टारर फिल्म डुकुडु(Dookudu) तेलगुमा हिट भएको थियो। सञ्चारमाध्यमहरुका अनुसार अनीस बज्मीले यो फिल्मको हिन्दी रिमेक बनाउन लागेका छन्। यस बाहेक महेश बाबुका हिन्दी डब गरिएका फिल्महरु निकै रुचाइएका छन् ।