निकै अशुभ मानिन्छ यस्ता सपना, धन देखि स्वास्थ्यमा गर्छ नकारात्मक असर !

सपना मानिसले देखेको भोगेको घटनासँग सम्बन्धी हुने गर्दछ । धार्मिक मान्यता अनुसार केही सपना यस्ता हुन्छन् जसको प्रभाव व्यक्तिको जीवनको भविष्यमा ठूलो प्रभाव पर्ने गर्दछ । केही सपनाहरु यस्ता हुन्छन् जसले मानिसको स्वास्थ्य र आर्थिक अवस्थालाई प्रत्यक्ष असर गर्छ। भने केही सपनाले कुनै पनि किसिमको प्रभाव नगर्न खालका हुन्छन् ।

सपना सामान्य देखिने भएता पनि यसले ठूलो आर्थिक क्षति, कुनै रोगको सिकार हुने वा कुनै अप्रिय घटना जस्ता खतरनाक घटनालाई संकेत गर्छ ।आज हामी यस पोस्ट मार्फत केही अशुभ सपनाका बारेमा चर्चा गर्ने छौँ ।

सपनामा कुनै अग्लो स्थानबाट खस्नु: यस्तो सपना देख्नुको अर्थ तपाईको जीवनमा कुनै ठुलो नोक्सान हुँदै छ । उदाहरणका लागि पैसाको हानि हुन सक्छ वा करियरमा हानि हुन सक्छ। जब यस्तो सपना देखिन्छ, इष्ट देवको प्रार्थना गर्नुहोस् र आफ्नो सोचलाई सकेसम्म सकारात्मक राख्ने प्रयास गर्नुहोस्।

सपनामा बन्ध ढोकामा ताला लागेको देख्नु: सपनामा घरको ढोकाको ताला लागेको देख्नु भनेको करियर क्षेत्रमा प्रभाव पर्ने संकेत गर्दछ । यस्तो सपना देखिएमा भगवान हनुमानजीलाई सिन्दूर चढाउनु शुभ मानिन्छ ।

सपनामा पहेँलो कपडामा दाग देख्नु: सपनामा पहेँलो कपडामा दाग देख्नुले धन हानि हुने संकेत गर्दछ । यस्तो सपना देखिएमा माता लक्ष्मी मातालाई रातो वस्त्र चढाएमा शुभ हुने मान्यता रहेको छ।

सपनामा धेरै जनावरहरू देख्नुः सपनामा एक साथमा धेरै जनावरहरू देखिएमा स्वास्थ्यमा नराम्रो असर पर्ने संकेत गर्दछ। यस्तो अवस्थामा गरिबलाई कपडा दान गर्नुहोस्। यदि सम्भव छ भने, रातो रंगको कपडा दान गर्नुहोस्।

प्रकाशित : आइतबार, माघ १६, २०७८१७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माता लक्ष्मी र धन कुबेरको सधैँ कृपा रहन्छ ४ राशिमा, जीवन हुन्छ सुखमय