काठमाडौँ : हुन त धनी कसरी बन्ने कुरा थाहा पाउने कुनै निश्चित विधि या तरिका हुँदैन । यो पनि निश्चित हुँदैन कि, कसले जीवनमा धेरै धन सम्पति कमाउछ र कसले जिवनलाई निकै आरामदायी तरिकाले जिउछ। यद्यपी, ज्योतिष विज्ञानको मध्यमबाट पत्ता लगाउन भने सकिन्छ कि, कुन राशिको व्यक्ति धनि सम्भावना चाहिँ सबै भन्दा बढी हुन्छ। यी ४ राशीहरु हुन जसको धनी बन्ने सम्भावना अत्यन्त धेरै हुन्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिको स्वामी शुक्र हुने गर्छ। जसको कारणले गर्दा यी राशीहरुमा शुक्र ग्रहको प्रभाव रहने गर्छ। शुक्र ग्रहलाई धन, वैभव, रोमान्स र विलासिताको कारक मान्ने गरिन्छ। त्यसैले गर्दा वृष राशि हुने व्यक्तिले जहिले पनि वैभवका साथ जीवन विताउने गर्छन् । यो राशीका मानिसहरुको जीवनमा कैयौँ धनि बन्ने अवसरहरु आउने छन्। यदि उनीहरु ती अवसर सहि प्रयोग गर्न सकेको खण्डमा धनको वर्षा नै हुने गर्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृष राशिपछि दास्रो नम्बर आउँछ वृश्चिक राशि जसमा धनि भन्ने सबै प्रकारका गुण हुने गर्छन्। जातमा भौतिक बस्तुहरुको लालसा अत्याधिक हुने गर्छ। उनीहरुलाई जुन कुरा राम्रो लाग्छ त्यो कुरा प्राप्त लिन कुनै पनि कसर बाँकि राख्दैनन्। जसको लागि यो राशिका मानिसहरुले जिऊ ज्यान दिएर मेहनत गर्नु पर्ने हुन्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका मानिसहरु निकै जुझारू प्रकृतिका हुने गर्छन्। यस राशिको जातमा भोगविलास र आरामदायी चिजहरु प्राप्त गर्नमा सधै लालाहित हुने गर्छन्। सधै उनीहरुलाई भाग्यले पनि साथ दिने गर्छ। जसको कारणले यस राशिमा धनी बन्ने सबै गुण हुने गर्छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यस राशिको जातका सिंहको जस्तै शक्ति हुने गर्छ। त्यस्तै उनीहरुमा नेतृत्व क्षमता पनि अत्यधिक हुने गर्छ। यस राशिका मानिसहरु धन कमाउनको लागि र आफ्नो आरामदाई जीवन व्यतित गर्नको लागि काडा मेहनत गर्ने गर्छन्। यी राशी मानिसहरुमा धनि बन्ने सम्पूर्ण गाउँहरु हुने गर्छन्।