भोलि माघ ११ गतेको पञ्चाङ्ग : –
•• दिन – मंगलवार •• नक्षत्र – चित्रा , ८:२१ बजे उप्रान्त स्वाती •• तिथि – अष्टमी , २६:५९ बजे उप्रान्त नवमी •• करण – वालव १५:५४ बजेदेखि कौलव , २६:५९ बजे उप्रान्त वणिज •• योग – धृति ७:१० बजेदेखि शूल , २८:३१ बजे उप्रान्त वृद्धि •• माघ ११, २०७८, मंगलवार
•• 25 January, 2022 •• अष्टमी, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५६ •• सूर्यास्त(sunrise) – १७:३७ •• शुभ साइत : – होम गर्ने साइत, बिवाह गर्ने साइत, रुद्री गर्ने साइत
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
परिवारसँग मिलेर घरेलु मामलामा महत्त्वपूर्ण विचार विमर्श गर्नुहुनेछ। नयाँ योजना बनाउनुहुनेछ। कार्यस्थलमा उच्च अधिकारीसँग महत्त्वपूर्ण मुद्दामा विचार-विमर्श हुनेछ। अफिसको कार्य हेतुले यात्रामा जानुहुनेछ। आमा तथा स्त्री वर्ग तर्फबाट लाभ हुनेछ। कुनै कार्यमा सरकारको मदत्त मिल्नेछ। अत्यधिक कार्यभारको कारण अस्वस्थ रहनुहुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
विदेशमा रहने आफन्त वा मित्रको समाचार मिल्नाले तपाईको मन प्रसन्न रहनेछ। विदेश जान इच्छुक मान्छेको लागि अनुकूल संयोग खडा हुनेछ। लामो दूरीको यात्रा गर्ने अवसर आउनेछ। अफिस वा व्यावसायिक स्थानमा कार्यभार बढ्नेछ। व्यापार-धन्दामा लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्य सामान्य रूपले मध्यम रहनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
कुनै पनि प्रकारको अनिष्ट हुनबाट बच्नको लागी क्रोधको भावनालाई नियन्त्रणमा राख्नुहोला। खर्च बढ्नाले आर्थिक समस्या अनुभव हुनेछ। कुटुम्ब र सहकर्मचारीसँग मनमुटाव हुनेछ। मानसिक बेचैनी अनुभव गर्नुहुनेछ। स्वास्थ्य खराब हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाईको दिन मनोरञ्जनमा बित्नेछ। साथी एवम् परिवारसँग मनोरञ्जनको स्थान वा पर्यटनमा जाने अवसर मिल्नेछ। स्वादिष्ट भोजन र नयाँ लुगा खरिद गर्नुहुनेछ। सार्वजनिक क्षेत्रमा मान तथा व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
परिवारमा खुशीमय वातावरण रहनेछ। पारिवारिक सदस्यसँग मिलेर आनन्दपुर्वक समय बिताउनुहुनेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। प्रसिद्दि र आनन्द प्राप्ति हुनेछ। पेसाको क्षेत्रमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। बिरामी व्यक्ति रोगबाट मुक्त हुनेछन्। माईती पक्षबाट लाभ मिल्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सन्तानको समस्याको कारण चिन्तित रहनुहुनेछ। अपच आदि पेटको समस्या रहनेछ। विधार्थीको पढाईमा समस्या आउनेछ। बौद्धिक चर्चा तथा कुराकानीमा भाग नलिनुहोला। प्रणय प्रकरणमा सफलता मिल्नेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। कामुकता अधिक रहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
अत्यधिक संवेदनशीलता र विचारको कारण मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ। आमा र स्त्री मामलामा चिन्ता रहनेछ। यात्राको लागि दिन अनुकुल रहेको छ। जग्गाजमीन सम्बन्धि मामलामा सावधानीपूर्वक व्यवहार गर्नुहोला। विधार्थीको मन पढाईमा रहनेछैन।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
दिन खुशीपूर्वक बिताउनुहुनेछ। नयाँ कार्यको सुरुवात गर्नुहुनेछ। घरमा भाई-बहिनीसँग मेल-मिलाप रहनेछ। आफन्त र मित्रसँग भेटघाट हुनेछ। कार्य सफल हुनेछ। भाग्यमा लाभदायक परिवर्तन आउनेछ। दुश्मन र प्रतिस्पर्धीहरु आफ्नो चालमा असफल रहेछन्। तपाईको लोकप्रियता वृद्धि हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
दिन मध्यम फलदायी साबित हुनेछ। पारिवारिक सदस्यसँग गलत धारणा उत्पन्न हुनाले मनमुटाव हुनेछ। मानसिक व्यवहारमा दृढ़ता कम हुनाले निर्णय लिन गाह्रो हुनेछ। कुनै महत्त्वपूर्ण निर्णय नलिनुहोला। व्यर्थ पैसा खर्च र कार्यभारले तपाईको मन व्यवस्थित रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
धार्मिक कार्यमा व्यस्त रहनुहुनेछ। पेसा-व्यवसायमा सानुकूल परिस्थिति रहनेछ। हरेक कार्य सरलताले पूर्ण रहनुहुनेछ। मान-सम्मान मिल्नुको साथसाथै पेसामा पदोन्नति हुने योग रहेको छ। मित्र-आफन्तसँग आनन्द मिल्नेछ। गृहस्थजीवन आनन्दपूर्ण रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
स्वास्थ्य प्रति जागरुक रहनुहुनेछ। मानसिक स्वस्थता कम रहनेछ। अदालती झन्झटमा नपर्नुहोला। अनुचित स्थानमा लगानी नगर्नुहोला। परिवारले सदस्य विरोधी व्यवहार गर्न सक्लान्। रिसलाई ध्यान राख्नुहोला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मित्रबाट विशेष लाभ हुनेछ। सामाजिक कार्यमा अधिक अभिरुचि रहनेछ। ठुलो मान्छे र मित्रसँगको सम्पर्क या व्यवहार बन्न सक्छ। कुन रमणीय स्थलमा बसाईको आयोजन हुन सक्छ। नयाँ मित्र बन्नेछ। घरबाट शुभ समाचार प्राप्त हुन सक्छ। सन्तानबाट लाभ हुनेछ। आकस्मिक धनलाभ हुने योग रहेको छ।