सैफ र करीनाको पुत्र ‘तैमुर’ की धाईआमाको तलब छ लाखौँ-लाख, थाहा पाउनुभएमा तीनछक्क पर्नुहुनेछ

एजेन्सी : यदि तपाई कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ भने आफ्नो तलबमा शायद घमण्ड गर्नुहुन्छ होला। तर आज हामी तपाईलाई यस्तो व्यक्तिको तलब बताउँछौँ, जसले कुनै बहुराष्ट्रिय कम्पनीमा काम गर्दैनन्। तैपनि तिनको तलबको अगाडी तपाईको तलब तुलना गर्दा तपाई हाँसोको पात्र बन्नुहुनेछ। खासमा आज हामी कुरा गर्दैछौँ, सैफ अली खान (Saif Ali Khan) र करीना कपूर (Kareena Kapoor) को सुपुत्र तैमुरको धाईआमाबारे।

कतिपयले यो समाचारको शीर्षक पढेसँगै तैमुरको धाईआमाको तलबबारे अनुमान लगाउन थालिसके होलान्। कतिपयले उनको तलब ५० देखि ६० हजार भारुसम्म हुने अड्कलबाजी गरिसक्नुभयो होला। तर यत्ति बिल्कुलै हैन। तैमुरलाई आमा सरह स्याहारसुसार एवं हेरचाह गर्ने धाईआमाले कति पारिश्रमिक पाउँछन् भन्ने कुरा हामी तपाईलाई बताउछौँ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार तैमुर अली खानकी धाईआमाले हरेक महिना १ लाख ७५ हजार भारु(२ लाख ८० हजार नेपाली रुपैयाँ) कमाउँछिन्। यद्यपि यो तलबमा उनको ओभरटाइम पनि समावेश छ। यदि यो ओभरटाइम हटाइयो भने तैमुर अली खानकी धाईआमाको मासिक तलब १ लाख ५० हजार भारु हुन् आउँछ।

शायद तपाईलाई यो कुरा थाहा छैन होला, धाईआमालाई तलबसँगै एउटा कार पनि दिईएको छ, जसमा उनले तैमुरलाई घुम्न लैजान सक्छिन्।

प्रकाशित : शनिबार, माघ ०८, २०७८१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गोवामा पुगेर निर्धक्क खुलिन् अदिती, देखाईन् आफ्नो लोभलाग्दो मादक अदा