शनि अस्ताउँदा ३३ दिन सावधान रहनुपर्नेछ यी ८ राशिका जातक, यी ४ राशिका लागि भने शुभ रहनेछ समय

काठमाडौँ : माघ ८ गते शनिबार न्यायको देवता भनिने शनि आफ्नो राशिमा मकरमा अस्त भएको थियो र आउँदो फागुन १२ गते(२४ फेब्रुअरी २०२२) बिहीवार उदय हुनेछ। ३३ दिनको यो अवधिमा सबै १२ वटै राशिहरुका जीवनमा उथल-पुथल ल्याउनेछ। यद्यपि ८ राशिका जातकले यस समयावधिमा विशेष सावधानी अपनाउनु पर्नेछ। यस राशिका जातकको आर्थिक स्थिति पनि बढी प्रभावित हुन् सक्छ। शनि अस्ताउँदा कुन-कुन राशिमा कस्तो प्रभाव पर्ला त ? हेर्नुस्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका जातक मानसिक समस्याबाट ग्रसित हुन् सक्छन्। जीवनमा अगाडी बढ्न खोज्दा धेरै बाधाहरुको सामना गर्नुपर्नेछ। करियरको सन्दर्भमा, कामतिर मन जानेछैन। कार्यस्थलमा कामको दबाब सामान्यभन्दा बढी हुन् सक्छ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरुले कुनै पनि काम पूरा गर्न खोज्दा धेरै बाधाहरु र सुस्तताको सामना गर्नुपर्नेछ। कार्यस्थलमा झन् कठिन चुनौती आउनेछ। साथै यस समय तपाईमा कामको चाप बढ्नेछ। तपाई आफ्ना कामहरु समयमै पूरा गर्नमा असफल रहनुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका व्यक्तिहरूले आफ्नो सम्बन्धमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा कार्यरत व्यक्तिहरूले आफ्नो कामको वृद्धि र विकासबाट सन्तुष्टि पाउने छैनन्। कार्यस्थलमा कामको दबाब बढ्नेछ।  वरिष्ठ अधिकारी र सहकर्मीसँगको सम्बन्धमा पनि समस्या आउनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातकको लागि चौथो भावमा शनिको अस्तले सुख-सुविधाको कमी, पारिवारिक सम्बन्धमा तनाव आदिको संकेत दिइरहेको छ। कार्यस्थलमा कार्यरत व्यक्तिहरूले आफ्नो काममा सन्तुष्टि पाउने छैनन्, किनभने कार्यस्थलमा बढी तनावले तपाईंलाई सताउन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका व्यक्तिहरूका लागि शनिको अस्ताउँदै गर्दा जीवनमा प्रगति र विकासमा ढिलाइ हुनेछ र यसका कारण तपाईको करियरमा प्रगतिको गति सुस्त हुनेछ। कार्यस्थलमा तपाईले आफ्नो काम गर्न रुचि राख्नुहुनेछैन किनकी यस समयावधिमा तपाईको जागिरमा अनावश्यक सरुवा हुने सम्भावना छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका लागि शनिको अस्तले तपाईको व्यक्तिगत जीवनमा सञ्चारसम्बन्धी समस्या ल्याउने सम्भावना छ। यस समयावधिमा तपाईले कार्यस्थलमा जति मेहनत गरेपनि उचित मान-सम्मान पाउनुहुनेछैन। काममा अरुचि एवं निराशा बढ्नेछ। यसै अवधिमा तपाईले आफ्नो काम परिवर्तन गर्नसक्नुहुन्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि शनि तिनको पहिलो र बाह्रौं भावको स्वामी हो र अहिले बाह्रौं भावमा अवस्थित छ। यसको परिणामस्वरूप  तपाईले आफ्नो करियर, आर्थिक जीवन आदिको प्रगतिसँग सम्बन्धित अवरोधहरूको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा तपाईका लागि परिस्थिति सहज हुनेछैन।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरुलाई यस समयावधिमा जीवन धन लाभ हुने र खर्च वृद्धि दुवै हुने सम्भावना छ। कार्यस्थलमा तपाईले आफ्नो कामसँग सम्बन्धित केही विवादास्पद परिस्थितिहरूको सामना गर्नुपर्नेछ। रोजगारीका विभिन्न अवसरहरूबाट वञ्चित हुनेछन्।  ।

यी राशिका लागि शुभ रहनेछ समय

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि कामको सिलसिलामा वैदेशिक यात्राको सम्भावना छ। शनिदेवले तपाईलाई पदोन्नति र अन्य लाभहरू आदिमा राम्रो नतिजा दिनुका साथै करियरमा उन्नति प्रदान गर्नुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातकले यस समयावधिमा आफ्नो काममा विशेष ध्यान केन्द्रित गर्नेछन्। आफ्नो विरोधीहरूमाथि कुशलतापूर्वक जित हासिल गर्नुहुनेछ। राम्रो प्रदर्शन र कडा परिश्रम गरेमा उच्च अधिकारीबाट उचित प्रोत्साहन पाउनेहुनेछ। उच्च सन्तुष्टि प्राप्त गर्ने सम्भावना प्रदान गर्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जातकहरुका लागि शनि अस्तको यो स्थितिले आध्यात्मिक मामिलामा तपाईको रुचि बढाउनेछ। नयाँ अवसरहरु मिल्ने योग छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका व्यक्तिहरुका लागि शनिको अस्तले तपाईलाई काममा बढी ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ। कार्यस्थलमा धेरै चुनौतीहरुको सामना गर्नुपर्नेछ। तपाईको कामलाई उच्च अधिकारीबाट उचित सम्मान र पदोन्नति मिल्नेछ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दैनिक राशिफल : मेष, वृष र कर्कट सहित यी ३ राशिलाई शुभ छ भोलि, तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?