अहिले बलिउड अभिनेता सलमान खानको फ्यानहरुको लागि उनको गीत ‘मै चला’ को टिजर सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा सलमान खानसँगै साउथ अभिनेत्री प्रज्ञा जैस्वाल युलिया वन्तुर र गुरु रन्धावा पनि देखिँदै छन् ।
अहिले बलिउड अभिनेता सलमान खानको फ्यान हरुको लागि एक खुसीको खबर आएको छ । यति बेला अभिनेता एक म्युजिक भिडियोमा देखिने भएका छन् । गीतको बोल रहेको छ ‘मै चला’ जसको टिजर आज सार्वजनिक भएको छ । अहिले उक्त्त टिजरलाई बलिउड अभिनेता सलमान खनाले आफ्नो ट्विटर खातामा सेयर गरेका छन् ।
यस म्युजिक भिडियोमा सलमान खानको साथमा साउथ अभिनेत्री प्रज्ञा जैस्वाल युलिया वन्तुर र गुरु रन्धावा पनि देखिनेछन् । यो गीत तिन प्रेमी बिचको प्रेम कथालाई देखाइएको छ । सलमान खान र भुषण कुमारले निर्माण गरेको यो गीत टि सिरिजको युट्युब च्यानलमा २२ जनवरीमा रिलिज हुनेछ ।
यस भिडियो सार्वजनिक गर्दै सलमान खनाले अभिनेत्री युलिया र सबैसँग काम गर्दा रमाइलो अनुभव भएको बताएका छन् । साथै अभिनेताले भनेका छन् ‘युलिया एक अद्भुत कलाकार हो। म आशा गर्छु। यो गीतलाई सबैले मन पराउनेछन् । सलमान खान र प्रज्ञाको यो गीतलाई शबिन खानले निर्देशन गरेका हुन् भने शब्बीर अहमदले कम्पोज गरेका छन् ।