आज बडागणेश चतुर्थीमा ग्रहको शुभ स्थितिले बनायो ‘सौभाग्‍य योग’, यी काम गरेलगत्तै चम्किनेछ भाग्य

काठमाडौँ : आजको दिन जीवनक सबै दु:ख-दर्द र समस्याबाट छुटकारा पाउनको लागि विशेष दिन हो। आज अर्थात् माघ ७ गते(२१ जनवरी) २ खास शुभ योग बनिरहेको छ, जसमा गणेशजीको पूजा-आराधना गरे सम्पूर्ण दु:खहरू हट्नेछन्।

मानिसहरु भगवान गणपतिको लागि व्रत राख्छन्। हरेक महिना गणेश चतुर्थी मनाइन्छ तर माघ महिनाको कृष्णपक्षको चतुर्थी विशेष मानिन्छ। यो चतुर्थी वर्षको सबै चतुर्थीमध्ये ४ ठूला चतुर्थीमा पर्छ।

आज शुक्रबार माघ महिनाको संकष्टी चतुर्थी हो। यस दिन पूर्वफाल्गुनी नक्षत्रमा चन्द्रमा रहेकोले सिद्धि योग बनिरहेको छ। पूर्वफाल्गुनी नक्षत्र शुक्रको नक्षत्र हो र आज शुक्रबार पनि हो।

संकष्‍टी चतुर्थीमा शुक्रको नक्षत्र हुनु र शुक्रबारको दिन परेकोले भाग्यवृद्धि गर्ने मान्यता छ। यसबाहेक आज ग्रहहरुको शुभ स्थितिले सौभाग्य योग पनि बनिरहेको छ। आज गरिएको पूजा-आराधनाले धेरै गुणा फल दिनेछ र भाग्य पनि चम्काउनेछ।

अवश्यै गर्नुहोस् यी काम

• बिहान सबेरै उठेर स्नान गर्नुहोला। विशेषगरी व्रत बसिरहेका महिलाले बिहानै व्रतको सङ्कल्प लिनुहोला। •• सम्भव भएसम्म पूरा दिन निर्जला रहेर व्रत बस्नुहोला। ••• साँझमा भगवान गणेशजीको पूजा गर्नुहोला। व्रतको कथावाचन वा पाठ गर्नुहोला।

•••• रातमा चन्द्रामालाई अर्घ्य दिनुहोस्। ••••• परिवारको सबैभन्दा आदरणीय एवं बुढा मानिसको आशिर्वाद थाप्नुहोस्। त्यसपछि व्रत तोड्नुहोला। •••••• आजको दिन लड्डु, कम्बल, तातो कपडा र घ्यु आदि दान गर्नु धेरै शुभ मानिन्छ। यसो गर्दा घरमा सुख-समृद्धि आउँछ। ••••••• आजको दिन गाईलाई हरियो घाँस खुवाउनुहोस्। यसो गर्दा करियरमा उत्थान हुनेछ।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८१४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस राशिका युवतीले पाउँछन् निकै धनी पति, प्राप्त हुन्छ रानीको जस्तै सुख