ज्ञान वृद्धि गर्ने बृहस्पति ग्रहको साथ भएमा कुनै पनि राशिको मानिसले जस्तो सुकै काममा पनि सफलता हासिल गर्न सक्छ । त्यसैले ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। हाल बृहस्पति ग्रह कुम्भ राशिमा छ र सन २०२२ अप्रिल १३ सम्म यस राशिमा रहनेछ।
वृष राशि
वृष राशिका व्यक्तिलाई यस समयमा धन प्राप्ति हुनेछ । करियर–व्यवसायमा धेरै प्रगति हुनेछ । नयाँ घर-गाडी किन्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समग्रमा जीवनको हरेक पक्षमा राम्रो रहनेछ।
मिथुन राशि
मिथुन राशि हुनेका लागि यो समयमा अप्रिलसम्म आर्थिक स्थिति सुदृढ हुने देखिन्छ । आम्दानी बढ्नाले दैनिक जिवनमा ठूलो राहत मिल्नेछ। भाग्यले साथ दिनाले हरेक काम समयमै पूरा हुनेछन् । पद-सम्मान मिल्न सक्छ। घरमा परिवारमा खुसी छाउनेछ ।
सिंह राशि
सिंह राशिका लागि यो समयमा धेरै पुराना समस्याको अन्त्य हुने देखिन्छ । जीवनमा फेरि खुसीको आगमन हुनेछ । आर्थिक अभाव हट्नेछ। नयाँ काम सुरु हुनेछ।
तुला राशि
तुला राशि हुनेहरूका लागि यो समयमा नोकरी-व्यवसायमा निकै राम्रो रहनेछ। धन लाभ हुनेछ, व्यवसायमा नयाँ प्रस्तावहरू फेला पार्न सकिन्छ, जुन धेरै लाभदायक साबित हुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ।
वृश्चिक राशि
यस समयमा वृश्चिक राशिका व्यक्तिहरूलाई पद, धन र इज्जत सबै कुरा मिल्नेछ । करियरमा धेरै प्रगति हुनेछ । पारिवारिक जीवन राम्रो रहनेछ।