विवाह अघि किन मिलाइन्छ ३६ गुण, जान्नुहोस् गुण नमिलेमा के हुन्छ ?

विवाह अघि चिना हरेर गुण मालाउने भनेको सबैले सुन्नु भएकै होला । वास्तवमा हिन्दू धर्ममा विवाह हुनु भन्दा पहिले केटा र केटिको कुण्डली मिलाउने गरिन्छ । यसमा दुवै पक्षको कुण्डली मिलन गरिने गरिन्छ । त्यसको आधारमा विवाह हुने नहुने निर्णय गरिन्छ । आज हामी  यस पोस्ट मार्फत कुण्डली मिलान र गुणको बारेमा बताउने छौँ ।

केटा र केटी दुवैको वैवाहिक जीवन सुखी र शान्तिपूर्ण बनाउन कुण्डली मिलान गर्ने गरिन्छ । ज्योतिष शास्त्रमा वैवाहिक सम्बन्धको बारेमा कुल ३६ गुणको बारेमा बताइएको छ । विवाहका लागि कम्तीमा १८ गुण हुनु आवश्यक छ, तब मात्र विवाह हुन सक्छ । अन्यथा विवाह गर्न शुभ मानिँदैन ।

विवाहको समयमा कुण्डलीमा अष्टकूट गुणहरू मिल्ने देखिन्छ। यसमा नाडीका ८ गुण, भकूटका ७ गुण, गण मित्रताका ६ गुण, ग्रह मित्रताका ५ गुण, योनि मित्रताका ४ गुण, ताराबलका ३ गुण, वस्यका २ गुण र वर्णका १ गुण मिलाइएको छ । यसरी कुल ३६ गुणहरु हुन्छन् । विवाहपछि दुलाहा र दुलही एक आपसमा मिलनसार, सन्तान, सुख, धन वृद्धि, दीर्घायु होस् भनेर दुवै पक्षमा कुण्डली मिलाउने गरिन्छ ।

विवाहका लागि केटा र केटीको कुण्डली मिलानमा कम्तीमा १८ गुण प्राप्त गर्नु उचित मानिन्छ । कुल ३६ गुण मध्ये १८ देखि १७ गुण आएमा
यस्तो मिलानलाई मध्यम मानिन्छ। यसभन्दा बढी प्राप्त भयो भने त्यसलाई शुभ विवाह मिलन भनिन्छ। केटा र केटीले ३६ गुणा प्राप्त गर्नु निकै दुर्लभ मानिन्छ । धार्मिक मान्यता अनुसार भगवान श्रीराम र सीताका ३६ गुण मिलेको पाइन्छ ।

यदि तपाईको कसै सँगको कुण्डली मिलनमा १८ गुणा वा १७ गुण भन्दा कम छ भने विवाह गर्नु उचित हुँदैन । यस्तो वैवाहिक जीवन सुखी हुन सक्दैन भन्ने मान्यता छ । यस्तो सम्बन्धबाट बच्नुपर्छ। यदि कसैको कुण्डलीमा माङ्गलिक दोष छ वा माङ्गलिक छ भने उसको विवाह माङ्गलिक कुण्डली भएको व्यक्तिसँग मात्र गर्नुपर्छ । उसको बिहे साधारण मान्छेसँग गर्नु हुँदैन । यदि विवाह भयो भने यो जोडीको वैवाहिक सम्बन्धलाई राम्रो मानिँदैन।

प्रकाशित : बुधबार, माघ ०५, २०७८१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हातमा छ यस्तो रेखा, हुनेछ अचानक धन लाभ: यात्राको क्रममा हुनेछ प्रेम !