केही वर्ष पहिलेसम्म अभिनेत्री प्रियंका कार्की नेपालको एक उत्कृष्ट अभिनेत्रीको रुपमा परिचित थिइन् तर पछिल्लो समयमा अभिनेत्री प्रियंकाको अभिनय क्षेत्रमा लोकप्रियता घट्दै गएको छ । भने सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा जब अभिनेत्री आमा बनेकी थिइन् त्यस समय देखि आफ्नी समय परिवारलाई दिइरहेकी छिन् ।
जब अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि नै अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा उनले सार्वजनिक गरेका छोरीको तस्वीर पनि निकै भाइरल भएका थिए । तर केही समय यता अभिनेत्रीको चहल पहल र सामाजिक सञ्जालमा हुने चर्चा कम हुँदै गएको छ ।
अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टोरी सार्वजनिक गर्दै अब उनी चलचित्र फर्कने तयारीमा रहेको बताएकी छिन् । यस बिचमा उनले आफूलाई फिट राख्नको लागि तौल घटाउँदै गरेको पनि बताएकी छिन् । यस समयमा अभिनेत्री आफ्नो तौल साढे पाँच किलो घटाएको बताएकी छिन् । छोरीलाई जन्म दिएपछि मोटाएकी प्रियंका कुनै समयमा आफूलाई फिट राख्न निकै मेहनत गर्थिन् ।