कुनैबेला बलिउडले रिजेक्ट गरेको थियो यी अभिनेतालाई, अहिले साउथका सुपरस्टार्स बने

एजेन्सी : दक्षिण भारतीय सिनेमाले अहिले बिस्तारै-बिस्तारै बलिउडलाई आच्छ्यु-आच्छ्यु पारिरहेको छ। दक्षिण भारतीय सिनेमाले लगभग बलिउडमाथि कब्जा जमाईसकेको छ। बलिउड अझैँ पनि कमर्सियल र रिमेक फिल्म बनाउनमा व्यस्त छ भने साउथका फिल्ममेकर्स ओरिजिनल र युनिक कन्टेन्ट तयार पारिरहेका छन्। यहीँ कारण पुष्पा, आरएक्स१००, केजिएफ र बाहुबली जस्ता फिल्महरु ब्लकबस्टर हिट भए। यद्यपि आज हामी फिल्मको बारेमा नभई साउथका ती सुपरस्टार्सको बारेमा तपाईलाई बताउँछौँ, जसलाई कुनै समय बलिउडले रिजेक्ट गरेको थियो।

• रजनीकान्त(Rajinikanth) : – 

यो सूचीलाई ‘थलाइवा’ नामबाट परिचित रजनीकान्तबाट सुरु गरौँ। रजनीकान्तले पनि कुनै समय बलिउडमा कदम राखेका थिए। आफ्नो युवावस्थामा उनले अमिताभ बच्चन जस्ता सुपरस्टारसँग केही फिल्महरुमा काम गरेका थिए। यद्यपि बलिउडमा उनले खास छाप छाड्न सकेनन्। तर पछि उनी साउथ इन्डियन फिल्मबाट सुपरस्टार बने र अहिले संसारभरका मान्छेले उनलाई चिन्छन्।

• मोहनलाल(Mohanlal) : – 

साउथका सुपरस्टार अभिनेता मोहन लालले सन् २००२ मा राम गोपाल वर्माको फिल्म ‘कम्पनी’ मार्फत डेब्यु गरेका थिए। फिल्ममा उनीसँगै अजय देवगन र विवेक ओबेराय पनि थिए। यो फिल्ममा मोहन लाललाई पुलिस कमिस्नरको भूमिका दिईएको थियो। बलिउडमा मोहन लालका फिल्महरु खासै चलेनन् तर अहिले साउथका एक चर्चित सुपरस्टार हुन्।

• अजीत कुमार(Ajith Kumar) : – 

दक्षिण भारतीय फिल्ममा ‘थाला अजीत’ नामबाट चिरपरिचित अभिनेता अजीत कुमारले सन् २००१ मा सुपरस्टार शाहरुख खानको फिल्म अशोकामा काम गरेका थिए। यद्यपि यो उनको पहिलो र अन्तिम हिन्दी फिल्म थियो। बलिउडमा आफ्नो क्षमता अनुसार राम्रो नाम कमाउन नसकेपछि अजीत साउथ फिल्म इन्डस्ट्री फर्किए। अहिले उनी साउथ फिल्मको लोकप्रिय सुपरस्टार हुन्।

• नागार्जुन(Nagarjuna) : – 

सुपरस्टार नागार्जुनलाई नचिन्ने मान्छे अहिले शायदै होलान्। उनले पनि कुनै समय बलिउडमा कदम राखेका थिए। तर त्यतिबेला बलिउड चर्को प्रतिस्पर्धा थियो र नागार्जुन एक-दुई बलिउड फिल्ममा काम गरी साउथ इन्डियन सिनेमामा फर्किए। पछि उनले फ्यान्सबाट अथाह माया पाए।

• मामूट्टी(Mammootty) : – 

मलयालम फिल्मका सुपरस्टार मामूट्टीले तमिल, तेलुगु र हिन्दी फिल्महरुमा पनि काम गरेका छन्। मामूट्टी पनि नाम र प्रसिद्धिको चाहनामा बलिउडमा आएका थिए। सन् १९९३ मा मामूट्टीले फिल्म ‘धृतपुत्र’ बाट बलिउडमा डेब्यु गरेका थिए। फिल्म खासै चल्न सकेन्। हिन्दी फिल्म नफापेको मामूट्टीलाई अहिले सारा दुनियाँले चिन्छन्।

• नितिन(Nithiin) : – 

सुपरस्टार अभिनेता नितिनले पनि बलिउडमा हात हालिसकेका छन्। नितिनले राम गोपाल वर्माको फिल्म ‘अज्ञात’ बाट बलिउडमा डेब्यू गरेका थिए। सन् २००९ मा रिलिज भएको यो फिल्म नराम्ररी फ्लप भयो र नितिनले तमिल, तेलुगु फिल्मतिर लागे। बलिउडबाट पाउन नसकेको प्रसिद्धि उनले साउथ फिल्मबाट भने प्रशस्तै कमाए।

प्रकाशित : बुधबार, माघ ०५, २०७८११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धनुषको यस्तो आदतबाट वाक्क भएपछि ऐश्वर्याले टुङ्ग्याइन् १८ वर्षको सम्बन्ध