हिम्मत, बल, भूमि, विवाह सम्बन्धी कारक मंगल ग्रहले वृश्चिक राशि छोडेर धनु राशिमा प्रवेश गरिसकेको छ। मंगल ग्रह २७ फेब्रुअरी सम्म यस राशिमा रहनेछ। यस अवधिमा केही राशिका लागि शुभ साबित हुनेछन् र केही राशिको जीवनमा विभिन्न समस्या देखिन सक्छ । जान्नुहोस् यस राशि परिवर्तनको अवधिमा कुन राशिमा मंगल ग्रहले नकारात्मक प्रभाव पर्दछ ।
वृष राशि
मंगलदेव धनु राशिमा विराजमान भएको हुँदा मंगलको प्रभावको कारण वृष राशिका मानिसलाई यस अवधिमा आत्मविश्वासमा कमी आउनेछ । त्यसैले सकारात्मक सोच राख्नुहोस् र भाग्यको सट्टा कर्ममा भर पर्नुहोस्। यस अवधिमा परिवारका सदस्यहरूका सम्बन्धमा केही जिम्मेदारी पूरा गर्न सकिनेछ। तनाव बढ्नेछ। विवादबाट टाढा रहनुहोस् । रोकिएको पैसा पाएर पनि खुसी हुन सक्नुहुन्छ।
कर्कट राशि
कर्कट राशि भएका मानिसलाई यस समयमा करियरमा विभिन्न चुनौती आउन सक्छ। मन अशान्त हुनेछ। शत्रुले नकारात्मक प्रभव पर्ने प्रयास गर्न सक्छन् सतर्क रहनुहोस्। जो ठूला पदमा छन्, सबैलाई सँगै मिलेर काम गर्नुपर्छ । ताकि सबै सँगको सम्बन्ध राम्रोहोस् ।
कन्या राशि
कन्या राशिक मानिसलाई यस समयमा कार्यस्थलमा सहकर्मीसँग सजग रहनु पर्नेछ । कसैले तपाइँको छवि बिगार्ने प्रयास गर्न सक्छ। साथै मंगलको यो राशि परिवर्तनले पारिवारिक समस्या पनि दिन सक्छ । परिवारका सदस्यहरू विशेष गरी आमाको स्वास्थ्यको ख्याल गर्नुहोस्। तपाईसँग बहुमूल्य चीजहरू समालेर राख्नुहोस्।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले बोल्दा विशेष सावधानी अपनाउनु होला । राम्ररी बोल्नुभयो भने राम्रो हुन्छ अन्यथा घाटा बेहोर्नु पर्नेछ । परिवारलाई बढी समय दिनुहोस्। स्वास्थ्यको ख्याल गर्नु होला।
मकर राशि
मकर राशिका व्यक्तिहरूले आफ्नो करियर र व्यापारमा समस्याहरू सामना गर्न सक्छन्। कार्यभार बढ्नेछ। धेरै धन खर्च हुनेछ। खर्चलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुहोस् अन्यथा यसले निक्षेप पूँजीलाई असर गर्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।