आकाशबाट जब पृथ्वीमा पानी परेपछि पानीसँगै ढुङ्गा माछा पनि पर्छ । तर, कतिपय ग्रह यस्ता छन् जहाँ यी सबै चीजहरू होइन हीराको वर्षा हुन्छ । सौर्यमण्डलमा आठ वटा ग्रह छन्, तर हामीलाई केही मात्र थाहा छ। यी ग्रहहरूमध्ये मंगल, बृहस्पति, शनि, बुध र शुक्र ग्रहको बारेमा बढी मानिसलाई थाहा छ। तर कतिपय ग्रह यस्ता छन् जसको बारेमा धेरै थाहा छैन ।
सौर्यमण्डलमा केही यस्ता ग्रहहरु छन् जसको बारेमा तपाई हरुलाई थाहा नहुन सक्छ । यी ग्रहहरूमा पानीको वर्षा नभई हिराको वर्षा हुन्छ। वैज्ञानिकहरूका अनुसार यी ग्रहहरूको भित्री भागमा वायुमण्डलीय चाप धेरै नै बढी हुन्छ। यी ग्रहहरू नेप्च्यून र युरेनस हुन्। नेप्च्यून पृथ्वीभन्दा १५ गुणा र युरेनस पृथ्वीभन्दा १७ गुणा ठूलो छ ।
यस ग्रहहरुमा हिराको वर्षा हुनुको कारण निकै अनौठो छ । युरेनस र नेप्च्युन ग्रहमा मिथेन ग्यास छ। यी ग्यासहरूमा हाइड्रोजन र कार्बन हुन्छ, जसको रासायनिक नाम सीएच फोर हो। जसरी पृथ्वीमा वायुमण्डलीय चाप हुन्छ र त्यही कारणले पानी तातेर वाफ बनेर पृथ्वीमा वर्षाको रुप लिन्छ ।
पृथ्वीमा जस्तै यस्तै प्रक्रिया नेप्च्युन र युरेनस ग्रहहरूमा पनि देखिन्छ। जब मिथेनमा दबाब बढ्छ, हाइड्रोजन र कार्बनको बन्धन टुट्छ । यसपछि कार्बन हीरामा परिणत हुन्छ र त्यसैले यहाँ हिराको वर्षा हुन्छ । यी ग्रहहरू पृथ्वीबाट सबैभन्दा टाढा छन्। यहाँको तापक्रम माइनस २०० डिग्री सेल्सियसभन्दा कम रहन्छ।