अहिले आएर ज्याक्लिन भन्छिन् – ‘मैले उनलाई कि:_*-स गरेको फोटो शेयर नगरिदिनुहोला।’

एजेन्सी : बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिज पछिल्लो समय ठग सुकेश चन्द्रशेखरसँगको अफेयरलाई लिएर चर्चामा छिन्। सामाजिक सञ्जालमा उनको एउटा तस्बिर भाइरल भईरहेको छ, जसमा सुकेश चन्द्रशेखरले उनलाई चुम्बन गरिरहेको देख्न सकिन्छ। तस्बिरमा ज्याक्लिन फर्नान्डिजको घाँटीमा लभ बाइट पनि प्रष्टै देखिन्छ। यो तस्बिर भाइरल भएपछि ज्याक्लिनले सामाजिक सञ्जालमा आफ्नो बयान सार्वजनिक गरेकी छिन्।

ज्याक्लिनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन्। उनले लेखेकी छिन् – ‘यो देश र देशका मानिसहरुले मलाई भरपूर माया र सम्मान दिएका छ्न। यसमा मेरा मिडिया साथीहरु समावेश छन् जसबाट मैले धेरै कुरा सिकेकी छु। म अहिले कठिन समयबाट गुज्रिरहेकी छुँ तर मलाई आशा छ मेरा साथीहरु र शुभचिन्तकहरु मेरा साथमा छन्। यहीँ भरोसामा मिडिया साथीहरुलाई म मेरो गोपनीयतामा असर पर्ने कुनै खाले तस्बिरहरु प्रसारित नगर्न अनुरोध गर्न चाहन्छु। तपाईले आफूले माया गरेकालाई यस्तो गर्नुहुनेछैन, त्यहीँ भएर आशा छ तपाईले मेरो लागि पनि यस्तो गर्नुहुनेछैन। म न्यायमा विश्वास गर्छु र छिट्टै पाउने आशा गर्दछु। धन्यवाद’

‘This country and its people have always given me tremendous love and respect. This includes my friends from the media, from whom I have learned a lot. I’m currently going through a rough patch but I’m sure that my friends and fans will see me through it. It is with this trust that I would request my media friends to not circulate images of a nature that intrude my privacy and personal space. You would not do this to your own loved ones, am sure you would not do this to me either. Hoping that justice and good sense prevails. Thank you.’

ज्याक्लिनले भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट-Enforcement Directorate(ईडी) लाई दिएको बयानमा सुकेश उनको लागि पागल रहेको खुलासा गरेकी थिईन्। उनीसँग कुरा गर्न र उनलाई भेट्न सुकेश डिसेम्बर २०२० देखि नै पछाडी परेका थिए। सुकेशले उनलाई जेलभित्रबाट पनि लगातार फोन गरिरहेका हुन्थे तर उनले कहिल्यै फोन नउठाएको दाबी गरेकी छिन्। त्यसपछि फेब्रुअरी २०२१ मा उनको मेकअप आर्टिस्ट शान मुठ्ठीललाई कसैले फोन गरेर आफूलाई सरकारी अधिकारी बताई मिस्टर शेखर रत्न वेलासँग अवश्य भेट्न गर्न आग्रह गरे।

सुकेशले ज्याक्लिनलाई सुरेश तपोरिया नामक व्यक्तिमार्फत ‘एसपुएला(Espuela)’ नामको एक महँगो घोडा, गुची(Gucci) र शनेल(Chanel) का ३ डिजाइनर ब्याग, गुचीका २ जिम आउटफिट, लुई भुटोनका जुत्ता एक जोडी(Louis Vuitton Shoes), २ जोडी कानमा लगाउने झुम्का, ब्रसलेट, मल्टी कलर पत्थर, २ हेमिज ब्रेजलेट दिएका थिए। ज्याक्लिनले ईडीलाई दिएको बयानमा सुकेशले उनलाई मिनी कुपरको कार पनि उपहार दिएको तर उनले त्यो फिर्ता गरेको बताईन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८१७:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पौष २६ गते सोमबार : तपाईको दिनचर्या सहज-असहज कस्तो रहला ? कतै अशुभ घटना घट्ने त हैन ?