सूर्य देवको राशि परिवर्तनले यी ४ राशिको भाग्य चम्किँदै, हुनेछ लाभै-लाभ !

नयाँ वर्ष सुरु भएसँगै सूर्यको देवको पहिलो राशि परिवर्तन जनवरी १४ तारिकको दिन हुने भएको छ । सूर्य भगवान यस समयमा धनु राशिमा अवस्थित छन्। जनवरी १४ मा राशि परिवर्तन गरेर मकर राशिमा प्रवेश गर्नेछन् । सूर्यको राशि परिवर्तन ज्योतिष शास्त्रको दृष्टिकोणले धेरै विशेष हुने भएको छ। किनभने सुर्य देवलाई सबै राशिको राजा मानिन्छ। सूर्यको राशि परिवर्तनले खरमास समाप्त हुन्छ भने यसको प्रभाव राशिहरुमा पर्नेछ । सूर्यको यो राशि परिवर्तन केही राशिका लागि लाभदायक साबित हुनेछ। यस प्रकार छन् ती राशिहरु….

वृष राशि

वृष राशिको लागि सूर्यको राशि परिवर्तन शुभ हुने भएको छ । सूर्यको राशि परिवर्तन हुनासाथ वृष राशिको शुभ दिनहरु सुरु हुनेछ । सूर्यको राशि परिवर्तनको समयमा जस्तोसुकै काम गर्दा सकारात्मक लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ, जसका कारण मन शान्त र प्रसन्न रहनेछ। सूर्यदेवलाई नियमित जल अर्पण गर्नाले विशेष लाभ मिल्छ । यसका साथै समाजमा मान-सम्मान मिल्नुको साथै रोजगारीमा प्रगति हुनेछ ।

सिंह राशि

सूर्यको यस राशि परिवर्तन सिंह राशिका लागि लाभदायक हुनेछ। राशि परिवर्तन पछिको सिंह राशिका मानिसको आर्थिक जीवन सुखमय रहनेछ । जागिरमा बढुवाको शुभ समाचार प्राप्त हुन सक्छ । लामो समयदेखि रोकिएका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारमा रोकिएको धन फिर्ता हुनेछ । यसका साथै राशि परिवर्तनको समयमा भएको कडा परिश्रमको पूर्ण लाभ प्राप्त हुनेछ।

वृश्चिक राशि

सूर्यको यस राशि परिवर्तनले वृश्चिक राशिलाई निकै शुभ हुनेछ। कार्य क्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ। काममा पदोन्नति पनि हुने सम्भावना छ । दैनिक आम्दानी बढ्नेछ। यसबाहेक जग्गा जमिनसँग सम्बन्धित काम गर्नेहरूलाई पनि सूर्यको राशि परिवर्तनले लाभ मिल्नेछ।

मकर काशी 

राशि परिवर्तन गरेर मकर राशिमा आउने भएका छन् । जसका कारण यो राशिका मानिसहरुलाई धेरै फाइदा हुने देखिन्छ । नोकरीमा सफलता मिल्नेछ र मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरमा रहेका यस राशिका व्यक्तिले पदोन्नति पाउने प्रबल सम्भावना रहेको छ । साथै सरकारी जागिरको लागि प्रयासरत व्यक्तिहरूले उपहार प्राप्त गर्न सक्छन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस हप्ता यी ५ राशिलाई आर्थिक लाभ, मिल्नेछ धेरै शुभ अवसर !