एजेन्सी : बलिउडकी ‘धडक गर्ल’ को बाल्यकालको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। अहिलेको सिजलिङ अभिनेत्रीमध्ये एक ‘धडक गर्ल’ प्राय: इन्स्टाग्राममा आफ्नो ग्लामरस तस्बिरहरु शेयर गरिरहन्छिन्। उनका तस्बिरहरुलाई फ्यान्सले असाध्यै मन पराउँछन्।
उनको सुन्दरताको तारिफ गर्न फ्यान्सले कुनै कसर बाँकी राख्दैनन्। व्हाइट स्लिभलेस फ्रकमा ठुल्ठुला आँखा गर्नुका साथै मुख बिगारेर जिस्काउने सानी बच्ची अरु कोहीँ नभएर जाह्नवी कपूर हुन्।
जान्हवी कपूरलाई बलिउडकी ‘धडक गर्ल’ पनि भनिन्छ। उनले आफ्नो सिजलिङ अवतारले फ्यान्सको धड्कन बढाउँछिन्, त्यहीँ भएर उनले यो नाम पाएकी हुन्। साथै उनले ‘धडक’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिईन्। जाह्नवी कपूरको बाल्यकालको फोटो हेरेर शायद कसैले पनि उनलाई चिन्न सक्दैनन्।
जाह्नवी कपूर दिवंगत बहुप्रसिद्ध अभिनेत्री श्रीदेवी (Sridevi) र बोनी कपूर(Boney Kapoor)की छोरी हुन्। जाह्नवी कपूर बच्चै देखि मजाकिलो स्वभावकी थिईन्। जाह्नवी कपूर अहिलेको सफल एवं प्रतिभाशाली अभिनेत्री हुन्। पछिल्लो समय जाह्नवी थुप्रै फिल्महरुको सुटिङमा व्यस्त छिन्। जाह्नवीले हालै ‘मिली’ को सुटिङ सकाएकी छिन्। जाह्नवी ‘गुड लक जेरी’, ‘दोस्ताना २’ र ‘मिस्टर एण्ड मिसेज’ मा मुख्य भूमिकामा देखिनेछिन्।