यस प्रकार छन् विश्वका अरबपतिहरुको राशि, हेर्नुहोस् तपाई पनि बन्न सक्नुहुन्छ !

सबैको नजर धन र धनी मानिसमा पर्ने गर्दछ । यससँगै धनी मानिसको जीवन शैली उनीहरुको विलासी घर, महँगो कार, जग्गा जमिनले सधैँ मानिसहरूको ध्यान आकर्षित गर्छ र मानिसहरू तिनीहरू जस्तै धनी हुन चाहन्छन्।

बिल गेट्स


विश्वका चर्चित अरबपति मध्येका एक बिल गेट्स हालै आफ्नी श्रीमती मेलिन्डा गेट्ससँगको सम्बन्ध विच्छेदका कारण निकै चर्चामा छन् । बिल गेट्सको राशि वृश्चिक राशि हो। रिपोर्टका अनुसार माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको कुल सम्पत्ति करिब १३७ बिलियन डलर छ।

एलन मस्क

टेस्लाका संस्थापक एलन मस्कको राशि कर्कट हो र उनी २७८ बिलियन डलरको सम्पत्तिका मालिक हुन्।

जेफ बेजोस

अमेजनका संस्थापक जेफ बेजोसको राशि मकर हो । इ-कामर्सको संसारमा सबैभन्दा ठूलो नाम कमाउने कम्पनी हो। उनीसँग करिब २०२ अर्ब डलरको चल–अचल सम्पत्ति छ ।

मार्क जुकरबर्ग


विश्वमा चर्चित सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको राशि वृष राशि हो । रिपोर्टका अनुसार उनी करिब १२१ अर्ब डलरको सम्पत्तिका मालिक हुन् ।

लैरी पेज


गुगलको मुख्य कम्पनी अल्फाबेटका संस्थापक लैरी पेज र सर्गी ब्रिन पनि विश्वका अरबपतिमा पर्छन्। उनीहरुसँग क्रमशः १३१ अर्ब डलर र १२६ अर्ब डलरको सम्पत्ति छ । त्यस्तै लैरी पेजको राशि चिन्ह मेष र सर्गेई ब्रिनको राशि सिंह हो।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कहिल्यै आफ्नो गल्ती स्वीकार नगर्ने यी ३ राशि, अन्तत: लड्न हुन्छन् तयार