अभिनेत्री र बिग बोस ओटीटीको प्रतियोगी उर्फी जावेद सधैँ चर्चामा रहन्छिन्। उर्फीलाई सामाजिक सञ्जालमा पनि धेरै ट्रोलिङको सामना गर्नु परेको छ ।
उर्फिले लगाएको ड्रेशबाट दिनहुँ जस्तै मानीहरुबाट विभिन्न प्रकारको बयान सुन्न पाइन्छ । उर्फिले उनको तस्वीर तथा भिडियोमा विभिन्न कमेन्ट गर्ने हरुलाई उनीहरुको प्रश्नको जवाफ दिएको पनि धेरै पटक देखिएको छ ।
पछिल्लो समयमा उर्फिको सामाजिक सञ्जालमा फलो-अर्सको सङ्ख्या निकै बढेको छ । साथै सामाजिक सञ्जालमा पनि आफ्ना फ्यानसँग जोडिराख्न अभिनेत्री निकै सक्रिय छिन् । यस पटक उर्फी नयाँ अवतारमा देखिएकी छिन् । उनले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै फ्यानहरुलाई आफ्नो नयाँ लुक देखाएका छन् ।
अहिले अभिनेत्रीको तस्बिरमा फ्यानहरुले लगातार लाइक तथा कमेन्ट गरिरहेका छन् ।
उर्फी जावेद प्रायः चर्चामा रहन्छिन् । खास गरी बिग बोस ओटीटिको हिस्सा बनेपछि उनको लोकप्रियता निकै बढेको छ उर्फी सामाजिक सञ्जालमा भाइरल भएको यो पहिलो पटक भने हैन ।