साथी धेरै कुराको औषधि हो। जीवनमा केही सच्चा साथीहरू छन् भने सबैभन्दा कठिन समय पनि सजिलै कटाउन सकिन्छ। तर साँचो साथीहरू भेट्टाउन वा पहिचान गर्न भने धेरै गाह्रो हुन्छ। धेरैको जिन्दगी यस्तै साँचो साथीको खोजीमा बित्छ। कतिपयले मित्रताको नाममा धोका पाएपछि साथीबाट नै भरोसा गर्न छाड्छन्। ज्योतिष शास्त्रमा यस्ता केही राशिको बारेमा बताइन्छ जुन राशिका मानिस मित्रता बनाउन र निभाउन सबैभन्दा अद्भूत हुन्छन्। यी व्यक्तिहरूले कठिन समयमा साथ दिने मात्र होइन, गलत बाटोमा हिड्नबाट पनि रोक्छन्।
मेष राशि
मेष राशिका मानिसहरु धेरै राम्रो र सच्चा साथी साबित हुन्छन्। यी व्यक्तिहरूले धेरै इमानदारीका साथ मित्रता कायम राख्छन् र उनीहरूले तपाईंको साथ जीवनभर दिन्छन्। तपाईंले उनीहरुलाई त्यति भाउ दिनु भएन भने पनि उनीहरु तपाईंको लागि साँचो दोस्त साबित हुन्छन्।
मिथुन राशि
मिथुन राशिका मानिसहरु हँसिलो र हरेक पल रमाइलो गर्ने किसिमका हुने गर्दछन्। यी मानिस जसको साथमा बस्छन्, जीवनको हरेक मोडमा साथ दिन्छन्। परिस्थिति जतिसुकै खराब किन नहोस साथीको साथ यी मानिसले कहिल्यै पनि छाड्दैनन्। यदि तपाईंका साथीहरूमा मिथुन राशिको व्यक्ति समावेश छन् भने तपाईं भाग्यशाली हुनुहुन्छ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूलाई एक साँचो साथी भन्नु एकदम सही हुनेछ। सिंह राशिका मानिस जस्तो सुकै स्थितिमा पनि आफ्नो साथीको साथ छाड्ने गर्दैनन्, जीवनभर साथ दिने गर्छन्। यी मानिस पनि धेरै रमाइला हुन्छन् र आफ्नो साथीलाई बोर महसुस गर्न दिँदैनन्।
कन्या राशि
कन्या राशिका मानिस बुद्धिमान हुनुका साथै इमान्दार पनि हुन्छन्। तपाईंलाई सुरुमा त साथीको हैसियतमा उनीहरुको विशेषता नबुझे पनि केही दिनमै यस्ता साथी हुनै सक्दैन भन्ने महसुस हुनेछ।
मकर राशि
मकर राशिका मानिसले सजिलै कसैलाई पनि आफ्नो साथी बनाउँदैनन्, तर जब बनाउँछन् तब हरेक पल साँचो दोस्ती निभाउन पछि हट्दैनन्। उनीहरु निकै हेरचाह गर्ने र विश्वसनिय साथी हुन्छन्। जसले यस्तो साथी पाउँछ, उसले आफूलाई भाग्यमानी ठान्नुपर्छ।