एजेन्सी : बलिउड फिल्म उद्योगमा आफ्नो धाक जमाउनको लागि दक्षिण भारतीय चलचित्र क्षेत्रका स्टार्स आउन लागेका छन्। चाँडै बलिउडका ठूला स्टार्सको गद्दी डगमगाउन सक्छ र सबैभन्दा ठूलो बाजी विजय देवरकोन्डाले मार्नेछन्।
नागा चैतन्य
नागा चैतन्य फिल्म ‘लाल सिंह चड्ढा’ बाट बलिउडमा डेब्यु गर्दैछन्। आमिर खानको यो फिल्ममा करीना कपूर पनि मुख्य भूमिकामा छिन्। यो फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुने निश्चित छ।
प्रियमणि राज
प्रियमणि फिल्म ‘मैदान’ मा देखिनेछिन्। यसमा अजय देवगन मुख्य भूमिकामा छन् र उनी एक फुटबल प्रशिक्षकको भूमिका निभाउँदै छन्। यो फिल्म ३ जुन २०२२ मा रिलिज हुँदैछ।
विजय देवरकोन्डा
‘अर्जुन रेड्डी’ स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’ बाट बलिउडमा प्रवेश गर्दैछन्। फिल्ममा उनीसँगै अनन्या पाण्डे मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको टिजर आइसकेको छ, जसमा विजय एक खतर:_-*नाक फाइटरको रुपमा देखिनेछन्।
विजय सेतुपति
विजय सेतुपति फिल्म ‘मेरी क्रिसमस’ मा कट्रिना कैफसँग अपोजिटमा देखिनेछन्। यो फिल्मलाई श्रीराम राघवनले निर्देशन गर्दैछन्।
नयनतारा
नयनतारा बलिउड सुपरस्टार शाहरुख खानको फिल्ममा देखिनेछिन्। फिल्मलाई साउथको चर्चित निर्देशक ‘एटली’ ले निर्देशन गर्नेछन्।
रश्मिका मन्डना
रश्मिका मन्डना फिल्म ‘मिशन मजनू’ बाट बलिउडमा डेब्यु गर्दैछिन्। यस फिल्ममा उनीसँग सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा हुनेछन् ।