जनवरी ८ मा बन्दैछ विशेष योग, शनिको क्रूर दृष्टिबाट मिल्नेछ मुक्ति: यी ५ राशिको चम्किनेछ भाग्य !

ज्योतिष शास्त्रका अनुसार धनु, मकर र कुम्भ राशिमा शनिको साढे सतीको प्रभाव रहेको छ । यस्तो अवस्थामा आगामी शनिबार अर्थात् जनवरी ८ मा यी ५ राशिका मानिसका लागि वरदान साबित हुने भएको छ । यस दिन शनिदेवलाई प्रसन्न गरेर उनको आशिर्वाद लिन सकिन्छ ।

शनिदेवको नाम सुन्ना साथ धेरै चिन्तित हुने गर्दछन् । किनभने शनिदेवको क्रूर दृष्टिबाट कोही पनि उम्कन नसक्ने जनविश्वास रहेको छ । सन २०२२ को पहिलो महिनामा शनिदोषाबाट मुक्ति पाउन विशेष संयोग बनेको छ । यस जनवरी महिनाको ८ तारिक शनिबार परेको छ । अंकशास्त्र अनुसार अंक ८ शनिको सङ्ख्या हो । यस्तो अवस्थामा शनिदेवको पुजाका लागि ८ जनवरीको दिन निकै विशेष हुने भएको छ । आउँदै गरेको शनिबार शनिदेवलाई प्रसन्न पार्न कस्ता उपाय अपनाउन् सकिन्छ जान्नुहोस् ।


यस समय मिथुन र तुला राशिमा शनिको दशा चलिरहेको छ । त्यस्तै धनु, मकर र कुम्भ राशिमा शनिको प्रभाव रहेको छ । यस्तो अवस्थामा आगामी शनिबार जनवरी ८ तारिकमा यी ५ राशिका मानिसका लागि वरदान साबित हुन सक्छ । यस दिन शनिदेवलाई प्रसन्न गर्न यस्ता उपाय अपनाउनाले उनको आशीर्वाद प्राप्त गर्न सकिन्छ।


कर्म अनुसार फल दिने भएको हुँदा शनिदेवलाई कर्मदाता भनिन्छ। यसका साथ-साथै शनिदेवलाई परिश्रमी, नियम उन्मुख र अनुशासित व्यक्तिहरू मन पर्छन्। यस्तो अवस्थामा हरेक व्यक्तिले आफूमा यस प्रकारका गुण कायम गर्नु निकै शुभ हुनेछ । यसका साथै केही यस्ता कुराहरु छन् जसमा ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ ।

जेष्ठ, वृद्ध, कमजोर र परिश्रम गर्नेलाई बिर्सेर पनि अपमान गर्नु हुँदैन। गरिब र असहायलाई सहयोग गर्नुपर्छ । यसका साथै पशुपक्षीलाई हानी पुर्याउनु हुँदैन ।

शनिबार गरिबलाई भोजन गराउनु पर्छ । यसका साथै कालो कम्बल, कालो मास दान गर्नु शुभ हुनेछ। शनिबार खानामा खिचडी बनाएर खानुहोस् अनैतिक कामबाट टाढा रहनुहोस्।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट शुरु हुँदै पञ्चक काल, अबको ५ दिन भुलेर पनि नगर्नुहोस् यस्ता कार्य !