सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर निकै भाइरल भइरहेको छ। यो तस्बिर सलमान खानको युवावस्था हो । यो तस्बिर देखेर फ्यानहरु उनीसँग देखिएकी सुन्दर युवतीको बारेमा जान्न उत्सुक भएका छन् । सलमानका फ्यानहरू जान्न चाहन्छन् कि यो तस्बिरमा उनीसँगै उभिएकी यी सुन्दरी को हुन् ?
तस्बिरमा सलमानको साथमा देखिएकी ती सुन्दरी अरु कोही नभई दिव्या भारती हुन् । दिव्याले सलमानसँग ‘वीरगती’ र ‘बागबान’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् भने दिव्याले बाघबानमा सलमानकी भाउजुको भूमिका निभाएकी थिइन् । अर्कोतर्फ, यदि दिव्याको यो तस्बिरमा उनको लुकको कुरा गर्ने हो भने, उनले यसमा प्रिन्टेड ड्रेस लगाएकी छिन् । यसका साथै निधारमा सानो टिका पनि लगाइएकी छिन् ।
त्यस्तै सलमानको वर्क-फ्रन्टको कुरा गर्ने हो भने सलमान चाँडै नै ‘टाइगर ३’ मा देखिनेछन्, जसमा इमरान हाश्मी र कट्रिना कैफ पनि मुख्य भूमिकामा हुनेछन्। यस बाहेक सलमानको ‘किक २’ का पनि उनका फ्यान प्रतीक्षामा रहेका छन् ।