सनातन धर्ममा चन्दनको निकै महत्त्व रहेको छ । चन्दन रातो, सेतो र पहेलो धेरै प्रकारका हुन्छन् । देवताको पूजा अनुसार चन्दनको प्रयोग पनि फरक-फरक रंगको प्रयोग गरिन्छ । तन्त्र-मन्त्र वा युक्तीको कुरा गर्दा यसमा रातो चन्दनलाई निकै महत्त्वपूर्ण मानिन्छ । शास्त्रमा रातो चन्दनको बारेमा केही उपायको बारेमा बताएको छ ।
रातो चन्दनको बारेमा केही यस्ता उपाय छन् जसको प्रयोगले केही दिनमै मानिसको भाग्य बदलिन्छ । रातो चन्दनको उपायले पैसाको अभाव हटाउँछ र मानिसलाई केही दिनमै धनी बनाउँछ। आज हामी यस पोस्ट मार्फत रातो चन्दनको केही यस्ता निश्चित उपायहरूबारे बताउने छौँ जसले मानिसको भाग्य नै परिवर्तन गरिदिन्छ ।
रोकिएको धन प्राप्त गर्ने उपाय: मंगलबार रातो चन्दन, रातो गुलाबको फूल र रातो फूललाई कपडामा बाँधेर लक्ष्मीको मूर्ति तथा तस्बिर अगाडि राख्नुहोस्। यसपछि यो पोकोलाई पैसा राख्ने ठाउँमा राख्नुहोस्। केही दिन भित्रै तपाईले आफ्नो रोकिएको पैसा पाउन थाल्नुहुनेछ। करिब ६ महिनासम्म यस उपाय गर्नाले आयस्रोत बढ्नेछ ।
सुख समृद्धि प्राप्त गर्नको लागि: तन्त्र मन्त्रको लागि रातो चन्दनको निकै महत्त्वपूर्ण मानिन्छ। यस विषयमा माता कालीका सिद्ध मन्त्रहरू जान्नाले जीवनका सबै कठिनाइहरू हट्ने मान्यता रहेको छ । यसका साथै हरेक शुक्रबार लक्ष्मी मातालाई रातो चन्दनको टिका लगाउनाले घरमा अपार सुख–समृद्धि आउँछ ।
व्यापार व्यवसायमा आएको समस्या समाधान गर्नको लागि: व्यापार व्यवसायमा बारम्बार घाटा भइरहेको छ भने बिहीबार रातो चन्दन र बेसारमा गंगाजल मिसाएर मुख्य ढोका वा घरमा आउने मुख्य द्वारमा छर्कने । त्यसपछि हरेक दिन घरको मुख्य द्वारमा स्वस्तिक बनाएर धूप दियोले पूजा गर्नुहोस्। यस उपाय गर्नाले व्यापार व्यसायमा भएका सबै समस्याहरू हट्नेछन् र व्यापारमा लाभ हुनेछ ।