सन २०२२ मा आफ्नो प्रेमीबाट माया वा धोका पाउनुहुन्छ ? हेर्नुहोस् वार्षिक प्रेमफल

काठमाडौँ : सन २०२२ मा प्रेमी-प्रेमिका तथा श्रीमान-श्रीमती बिचको सम्बन्ध कस्तो हुन्छ भनेर अहिलेको समयमा सबैलाई चासोको विषय बनेको छ । यस समयमा प्रेममा सफलता हासिल हुन्छ की ब्रेकअप हुन्छ ? ज्योतिष शास्त्र अनुसार प्रेम राशिफल २०२२ ले सबै १२ राशिको प्रेम जीवन र दाम्पत्य जीवनमा यो वर्ष विशेष रहने बताएको छ । हेर्नुहोस् ज्योतिष शास्त्र अनुसार सन २०२२ मा कस्तो होला तपाईको प्रेम फल….

मेष राशि

मेष राशिका मानिसलाई यस वर्ष प्रेम जीवनको लागि विशेष हुने भएको छ विशेष गरेका फेब्रुअरी र मार्च धेरै राम्रो हुनेछ। तपाईले आफ्नो पार्टनरसँग अविस्मरणीय पलहरू बिताउन सक्नु हुनेछ । तर एक अर्काको कुराले केही निराश बनाउन सक्छ । प्रेमी-प्रेमिका रमणीय भ्रमणमा जाने अवसरहरू धेरै हुनेछन्। विवाह अप्रिल पछि हुन सक्छ। पार्टनरलाई उपहार दिनाले सम्बन्ध प्रगाढ हुनेछ ।

वृष राशि

वृष राशिको लागि वर्षको पहिलो ३ महिना केही कठिनाइ रहनेछ । सामय बित्दै जाँदा स्थितिमा सुधार हुँदै जानेछ । अहंकारबाट टाढा रहनुहोस् र सानो कुरालाई महत्त्व नदिनुहोस्। मे महिनापछि प्रेम फस्टाउनेछ, प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ। एक अप्रत्याशित मायालु साथी फेला पर्न सक्छ । पार्टनरलाई गर्ने विश्वासले सम्बन्ध बलियो हुनेछ।

मिथुन राशि

मिथुन राशिको लागि यो वर्ष प्रेम र दाम्पत्यको दृष्टिले राम्रो रहनेछ । प्रेम जीवन- दाम्पत्य जीवनमा केही उतारचढाव आए पनि त्यसको सामना गर्न सकिनेछ। अप्रिल पछि प्रेम जीवन राम्रो हुनेछ। पार्टनरबाट तपाईलाई माया पाउनु हुनेछ । यो वर्ष विवाहको सम्भावना पनि छ । यस वर्षको अगस्टपछि विवाहको योग बन्ने सम्भावना छ।

कर्कट राशि

नयाँ वर्षको सुरुवातमा प्रेम जीवनमा ध्यान दिनु पर्ने देखिन्छ। तर, वर्षको मध्यमा पार्टनरसँगको सम्बन्ध सुमधुर रहनेछ । विवाह नभएकाले विवाहको प्रस्ताव पाउनेछन् । यदि कर्कट राशिका व्यक्तिहरूले प्रेमको बारेमा आफ्नो डरलाई पराजित गर्न सक्छन् भने स्थिति राम्रो हुन सक्छ। एकभन्दा बढी अफे-यर चलाउने गल्ती महँगो पर्न सक्छ।

सिंह राशि

सिंह राशि भएका मानिसको सन २०२२ मा प्रेम जीवनको लागि कष्टप्रद साबित हुनेछ। प्रेम जीवनमा उतारचढाव आउनेछ। तर प्रेम साथीप्रति वफादारी देखाउनेहरूले साँचो माया पाउनेछन्। केही व्यक्तिहरु नयाँ सम्बन्धमा प्रवेश गर्न सक्छन्। अविवाहितका लागि यो वर्ष राम्रो छ, साथी मिल्नेछ ।

कन्या राशि

प्रेम जीवनमा केही कारणले उदासीनता छाउने छ । तपाईले आफ्नो पार्टनरसँगको सम्बन्धमा सावधान रहन पर्ने हुन्छ । विवाह प्रस्तावमा वाधा पुर्याउन सक्छन् ।  आपसी समझदारी र एक-अर्काको समर्थनले सम्बन्धलाई फरक स्तरमा लैजान्छ। यदि तपाई विवाह गर्न चाहनुहुन्छ भने, जुलाई पछि यसको लागि राम्रो समय हो। विवाहित जोडीहरूले पनि यस वर्ष एक-अर्कालाई पूर्ण सहयोग गर्नुपर्छ।

तुला राशि

प्रेमी हरुको प्रेम विवाहमा परिणत हुन सक्छ। अविवाहितहरूले आफ्नो मन पर्ने पार्टनरसँग गाँठ बाँध्न सक्छन्। २०२२ मा प्रेम जीवनमा सफलता मिल्नेछ। विवाहित जोडीले पनि एक-अर्काको इच्छाको कदर गर्नुपर्छ, तब मात्र जीवन सुखमय हुन्छ । साँचो माया त्यो हो जसमा पार्टनरलाई बाँध्नुको सट्टा स्वतन्त्रता दिइन्छ र उसलाई विश्वास गरिन्छ।

वृश्चिक राशि

यस राशिका व्यक्तिहरूले सन २०२२ मा सुखी वैवाहिक जीवनको आनन्द लिनेछन्। प्रेम जीवनका लागि वर्षको मध्य कष्टदायी साबित हुनेछ। यो समय धेरै धैर्य गर्नु पर्ने हुन्छ ।

धनु राशि

धनु राशिको लागि सन २०२२ मा प्रेम जीवनमा धेरै परिवर्तन हुनेछ । प्रेम साथीसँग मन मुटाव हुनेछ। विवाहितहरूका लागि नयाँ वर्ष राम्रो साबित हुनेछ। पार्टनरसँग चलिरहेको विवादको अन्त्य हुनेछ।

मकर राशि

नयाँ वर्षमा प्रेम जीवनमा विभिन्न समस्या आउन सक्छ । तर यो लामो समय टिक्दैन । क्रमश: समस्या समाधान भएर जानेछ । दाम्पत्य जीवनमा यस वर्ष पार्टनरसँग मन मुटाब भइरहन्छ तर यसलाई सावधानी पूर्वक समाधान गर्न सकेमा सम्बन्ध सुमधुर हुनेछ । मकर राशिका व्यक्तिहरूले यो वर्ष प्रेममा त्यो सुन्दर अनुभूति गर्नेछन्, जुनबाट उनीहरू अहिलेसम्म अछुतो थिए।

कुम्भ राशि

कुम्भ राशिको प्रेम जीवनमा अप्रिल महिनाको लागि अत्यन्तै शुभ रहनेछ। प्रेम जीवनमा सफलता मिल्नेछ । वर्षको मध्यमा सम्बन्धमा सावधानी अपनाउनुपर्नेछ। सम्बन्धमा दरार आउने प्रबल सम्भावना छ, सचेत हुनुपर्छ ।

मीन राशि

नयाँ वर्ष प्रेम जीवनका लागि विशेष रहनेछ । कुनै कुरामा पार्टनरसँग आपसी मन मुटाब हुनेछ। यस बाहेक दाम्पत्य जीवनमा असमझदारीका कारण आपसी विवाद हुनेछ। पछि क्रमश: सम्बन्धमा मिठास छाउनेछ । दुवैले एक अर्काको कुरा राख्नाले सम्बन्ध सुमधुर हुनेछ ।

प्रकाशित : आइतबार, पुष १८, २०७८११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पुषे औँसीमा बन्यो सबैभन्दा शुभ योग, यी काम गरे घरपरिवारमा छाउनेछ खुशीयाली