सन २०२२ को सुरुवात शनिबारबाट सुरु हुँदैछ । शनि सन २०२२ मा राशि परिवर्तन गर्दै छन् । शनिको राशि परिवर्तनले सबै राशिमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पर्ने भएको छ । यस्तो अवस्थामा शनि देवको कृपा प्राप्त गर्नको लागि सन २०२२ को सुरुवात जनवरी १ अत्यन्तै शुभ हुने भएको छ । ज्योतिष शास्त्रका अनुसार २०२२ को राजा शनिदेव रहनेछन् ।
ज्योतिषीहरूका अनुसार शनि दोषबाट मुक्ति पाउन चाहनेहरूका लागि वर्षको पहिलो दिन विशेष साबित हुन सक्छ। यस्तो अवस्थामा यस दिन शनिदेवको लागि विशेष उपाय अपनाउनु पर्छ। सन २०२२ को पहिलो दिन जनवरी १ तारिकको दिन बिहान नुहाएर सफा कपडा लागाउने त्यस पछि भगवान गणेशको पूजा गर्नुहोस्।
त्यसपछि शिवको ध्यान गर्दा १०८ पटक ‘ॐ नमः शिवाय’ मन्त्रले जप गर्नुहोस्। यदि शिव मन्दिर जान सम्भव छ भने मन्दिर गएर शिवलिंगमा जल चढाउनुहोस् । शिवलिंगमा जल चढाएर महामृत्युञ्जय मन्त्र- ‘ओम् त्र्यम्बकम् यजमाहे सुगन्धिम् पुष्टीवर्धनम् उर्वरुकमिव बन्धनन् मृत्युोर्मक्ष्य ममृतात्’ मन्त्र कम्तीमा ११ पटक जप गर्नुहोस्।
शनिदेवलाई प्रसन्न पार्न जनवारी १ तारिकमा घरमा तोरीको तेलको दियो बाल्नुहोस् । साथै यस दिन कालो तिल, कालो उडद, कालो छाता र फलाम आदि दान गर्नुहोस्। यसको साथै साँझ शनि मन्दिरमा ‘ॐ शन शनिश्चराय नमः’ को जप गर्नुहोस्। आफ्नो क्षमता अनुसार मन्त्र जप गर्न सक्नुहुन्छ।
जनवरी १, २०२२ मा शनिबार परेको हुँदा बिहान स्नान पछि तेल दान गर्नुहोस्। यसका लागि एउटा भाँडोमा तेल लिनुहोस् र त्यसमा आफ्नो अनुहारको छायाँ हेर्नुहोस्। यसपछि यो तेल कुनै गरिबलाई दान गर्नुहोस्। यसका अलावा हनुमानजीलाई सिन्दूर र चमेलीको तेल चढाउनुहोस् र हनुमान चालिसाको पाठ गर्नुहोस्। हनुमानजीको पूजा गर्नाले शनिदेवको क्रोध कम हुने जनविश्वास रहेको छ ।