भोलि शुक्र ग्रहले राशि परिवर्तन गर्दै, यी ४ राशिको भाग्य खुल्दै: हुनेछ लाभै-लाभ !

देव गुरु बृहस्पतिको राशिमा शुक्र ग्रहको राशि परिवर्तन हुँदैछ । शुक्रको यो राशि परिवर्तन आगामी डिसेम्बर ३० मा धनु राशिमा हुँदैछ। यस राशिमा शुक्र २७ जनवरी २०२२ सम्म रहनेछन्। ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सुख, ऐश्वर्य, प्रेम र दाम्पत्य जीवनको कारक मानिएको छ । शुक्रको यस राशि परिवर्तन ४ राशिका व्यक्तिका लागि निकै शुभ साबित हुने भएको छ।

मेष राशि

शुक्र ग्रहको यस राशि परिवर्तन मेष राशिलाई निकै शुभ साबित हुने भएको छ । यस राशि परिवर्तनको कारण मेष राशिलाई जनवरी महिना निकै भाग्यशाली रहनेछ। यस अवधिमा धन आर्जनका धेरै स्रोतहरु भेटिने छन् । यसको साथै सामाजिक मान सम्मान बढ्नेछ । यसका साथै कार्य शक्तिमा वृद्धि हुनुका साथै नयाँ रोजगारीका अवसरहरु पनि प्राप्त हुनेछन् ।

सिंह राशि

नयाँ वर्षको पहिलो महिना यस राशिका मानिसका लागि निकै शुभ रहनेछ । यात्राको समयमा भाग्यले साथ दिनेछ। जसको कारण हरेक काममा सफलता मिल्नेछ । साथै यस समयमा आर्थिक संकलन गर्न सक्नुहुन्छ। शुक्रदेव र माता लक्ष्मी पनि प्रसन्न हुनेछन् । व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । साथै आर्थिक समस्याबाट छुटकारा मिल्नेछ ।

कन्या राशि

कन्या राशिको लागि शुक्र ग्रहको राशि परिवर्तन शुभ साबित हुने भएको छ । धन आर्जनका प्रशस्त अवसरहरु आउनेछन् । कडा परिश्रमले सिचेका कुरा हासिल हुनेछ । गरेका कामबाट राम्रो नतिजा मिल्नेछ । आर्थिक समस्या कम भएर जानेछ । विद्यार्थी वर्गबाट ​​पनि लाभ मिल्नेछ। कन्या राशिको स्वामी बुध हो। बुध र शुक्र मित्र हुन्। तसर्थ यस राशिका मानिसहरूलाई शुक्र गोचरको शुभ फल मिल्नेछ।

धनु राशि

धनु राशिका लागि शुक्र देवको यस राशि परिवर्तन वरदान साबित हुनेछ। राशि परिवर्तनको समयमा धन लाभ हुनेछ । यसका साथै गरेको काममाबाट पनि शुभ फल मिल्नेछ । व्यापारमा रोकिएको धन फिर्ता हुनेछ । बुवा वा दाजुभाइबाट पनि आर्थिक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा आर्थिक लाभको नयाँ अवसर मिल्नेछ ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पुष १५ गते बिहिबार ,अनुकुल-प्रतिकुल कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल!