काठमाडौँ : ज्योतिष शास्त्र अनुसार वर्ष २०२२ कसरी बित्ला भनेर सबैलाई उत्सुकता भएको होला । यसको साथै यो वर्ष कतिवटा सुर्य ग्रहण र चन्द्र ग्रहण लाग्दै छ । यस्तो अवस्थामा ज्योतिषीय दृष्टिले यो वर्ष कस्तो रहाला भन्ने सबैलाई जिज्ञासा भएको हुन सक्छ । जन्नुहोस् ज्योतिष शास्त्र अनुसार यो वर्ष कुन राशिमा ग्रहण लाग्दै छ र कुन राशिमा यसको सबैभन्दा बढी प्रभाव पर्नेछ?
नयाँ वर्षमा जम्मा ४ वटा ग्रहण लाग्दै छ जसमा २ वटा सूर्य ग्रहण र २ वटा चन्द्र ग्रहण लाग्दैछ । यी ग्रहणहरू क्रमशः ३० अप्रिल (सूर्यग्रहण), १६ मे (चन्द्रग्रहण), २५ अक्टोबर (सूर्यग्रहण) र ८ नोभेम्बर (चन्द्रग्रहण) मा लाग्नेछ। यी दुवै सूर्यग्रहण आंशिक हुनेछन् तर चन्द्रग्रहण पूर्ण ग्रहण हुनेछन्।
सूर्य ग्रहणको सुतक अवधि मान्य नभए पनि चन्द्र ग्रहणको सुतक भने मान्य हुनेछ । जसको प्रभाव देश र जनता दुवैमा पर्दछ । ६ मे २०२२ मा चन्द्रग्रहण बिहान ०८:१८ देखि दिउँसो १२:१७ सम्म हुनेछ। त्यसतै नोभेम्बर ८, २०२२ मा चन्द्रग्रहण दिउँसो ०२:५६ देखि साँझ ०६:३५ सम्म हुनेछ।
सन २०२२ लाग्ने ग्रहणहरु २ राशिमा लाग्ने भएको छ । यी दुई राशिमा ग्रहण लाग्नुको कारण सबैभन्दा बढी असर यी दुई राशिमा पर्नेछ । जसको प्रभाको कारण यी दुई राशिलाई तनाव र अनिन्द्रा जस्ता समस्या देखिन सक्छ । ग्रहणको ११ दिन अगाडि र ११ दिन पछिको समय निकै विशेष हुने भएकाले यी दुई राशिका व्यक्तिले यस समयमा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । यसका साथै मेष, तुला र मीन राशिका मानिसहरुमा पनि ग्रहणको नकारात्मक प्रभाव पर्नेछ ।