सन २०२२ यी ६ राशिले भोग्नेछन् राहुको प्रभाव, हेर्नुहोस् कस्तो-कस्तो अवस्थामा हुन्छ हानि!

नयाँ वर्षमा ग्रहहरुको चालमा ठूलो परिवर्तन हुने भएको छ । यस मध्यम शनि र राहुको राशि परिवर्तन निकै विशेष हुने भएको छ । किन भने यी ग्रहहरु मानव जीवनमा समस्या ल्याउने ग्रहहरुमा शीर्ष स्थानमा आउँछ । त्यस्तै यी ग्रहहरु अन्य ग्रहहरु भन्दा राशिमा धेरै समय बिताउने गर्दछन् । जसको कारण यसको स्थितिमा धरै परिवर्तन हुने गर्दछ साथै यसको प्रभाव लामो समयसम्म रहने गर्दछ ।

यी दुई ग्रह जुन राशिमा प्रवेश गर्छन् यसको प्रभाव शनि ग्रहको साढे दुई वर्षमा र राहुको डेढ वर्षमा हुन्छ। सन २०२१ मा यी दुवै ग्रहले राशि परिवर्तन गरेका छैनन् । अब सन २०२२ मा भने यी दुवै ग्रहले राशि परिवर्तन गर्ने भएका छन् । राहुले अप्रिल महिनाको १२ तारिक बिहान १०ः५१ मा राशि परिवर्तन गर्नेछ र यससँगै ६ राशिका लागि कठिन समय सुरु हुनेछ ।

मेष राशि

मेष राशिका मानिसलाई अप्रिल महिनामा हुने राहुको राशि परिवर्तनले व्यापार तथा व्यवसायमा विभिन्न समस्या आउने भएको छ । यसको साथै परिवारमा विभिन्न समस्या आउनेछ । जसको कारण पारिवारिक सम्बन्धमा समस्या सिर्जना हुनेछ । धन हानि पनि हुन सक्छ ।

वृष राशि

राहुको राशि परिवर्तनको कारण वृष राशिका व्यक्तिहरु प्रायः कल्पनामा हराउनेछन् । निर्णयमा अन्यौलता आउन सक्छ। खर्च पनि बढ्नेछ । सामाजिक रुपाम अपमानित हुन सकिनेछ ।

कर्कट राशि

कर्कट राशि भएका मानिसलाई अप्रिल महिनापछि आफ्नो करियरमा कठिनाइहरूको सामना गर्नु पर्नेछ। नोकरी परिवर्तन गर्न चाहनेको लागि राम्रो अवसर पनि मिल्नेछ । तर नयाँ जागिर नपाएसम्म पुरानो काम नछाड्नुस् नत्र समस्यामा पर्न सक्छ ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरूले कार्यस्थलमा पनि सजग रहनुपर्छ। वरिष्ठ व्यक्तिसँग मनमुटाब हुन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। दुर्घटना वा अन्य कारणले चोटपटक लाग्ने सम्भावना रहेको छ ।

वृश्चिक राशि

रस राशि परिवर्तनको समयमा वृश्चिक राशिका व्यक्तिको पारिवारिक जीवनमा कठिनाइ आउन सक्छ। जीवनसाथीसँग मनमुटाब हुन सक्छ। यो समयले मान हानि पनि हुन सक्छ, त्यसैले सबैसँग बुद्धिमानी व्यवहार गर्नुहोला ।

धनु राशि

सन् २०२२ मा धनु राशिका व्यक्तिहरुका लागि कानुनी झमेलामा फस्न सकिने सम्भावना रहेको छ, सावधान रहनु होला । परिश्रम गरेर मात्र विद्यार्थीले कडा परिश्रम गरेर मात्र सफलता प्राप्त गर्ने छन् ।

प्रकाशित : सोमबार, पुष १२, २०७८११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ को शुभारम्भमा मंगल ग्रहले राशि परिवर्तन गर्दै, यी ५ राशिलाई हुनेछ लाभै-लाभ !