बलिउड अभिनेत्री भन्दा बढी लोकप्रिय छिन् यस निर्बोध बच्ची, तपाईले चिन्नुभयो ?

एजेन्सी : बलिउड स्टार्सको एक झलक पाउन फ्यान्स मरिहत्ते गर्छन्। सामाजिक सञ्जालको यो युगमा फ्यान्स आफ्ना मनपर्ने स्टारको तस्बिर र भिडियोको व्यग्र प्रतीक्षामा हुन्छन्। यसैबीच टेलिभिजन अभिनेत्रीको बाल्यकालको तस्बिर सार्वजनिक भएको छ।

जुन तस्बिर हेरेर फ्यान्सलाई कुन अभिनेत्रीको बाल्यकालको तस्बिर हो भनेर छिन्न मुश्किल परिरहेको छ। उनी अहिलेको समयको टेलिभिजन क्षेत्रको बहुचर्चित अभिनेत्री हुन् जसको लोकप्रियता बलिउड अभिनेत्रीहरु भन्दा बढी छ भन्नु गलत हुनेछैन।

कुर्ता सुरुवालमा देखिएकी यस निर्बोध बच्चीलाई चिन्नुभयो ? उनी हुन् टेलिभिजन इन्डस्ट्रीको सर्वाधिक लोकप्रिय अभिनेत्री जन्नत जुबैर रहमानी(Jannat Zubair Rahmani)। जन्नत जुबैर रहमानी अहिलेको समयको टेलिभिजन क्षेत्रको सबैभन्दा प्रभावशाली अभिनेत्री हुन्, जसलाई करौडौंले पच्छ्याउँछन्।

भर्खरै २० वर्षकी जन्नतलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०.५ मिलियनले फलो गरेका छन् भने सामाजिक सञ्जाल फेसबुकमा २ मिलियन फलोअर्स छन्।शिल्पा शेट्टी र सोनू सूद जस्ता स्टारहरूले पनि उनीसँग रिल बनाएका छन्।

सन् २००१ अगस्ट २९ मा भारतको मुम्बईमा जन्मिएकी जन्नतले ८ वर्षको उमेर देखि नै अभिनयको दुनियाँमा कदम राखेकी हुन्। उनले टिभी कार्यक्रम ‘फुलवा(Phulwa)’मा सानी फुलवाको अभिनयबाट आफ्नो अभिनयको सुरुवात गरेकी हुन् जुन कलर्स टिभी च्यानलमा प्रसारण हुन्थ्यो।

जन्नतले हालसम्म हार जीत(Haar Jeet), फुलवा, तू आशिकी(Tu Aashiqui), मट्टी की बन्नू(Matti Ki Banno), काशी- अब ना रहे तेरा कागज कोरा(Kashi – Ab Na Rahe Tera Kagaz Kora) र भारत का वीर पुत्र-महाराणा प्रताप(Bharat Ka Veer Putra Maharana Pratap) जस्ता टिभी सिरियलहरूमा मुख्य भूमिका निर्वाह गरिसकेकी छिन्।

खासगरी ‘तू आशिकी’ मा उनको पंक्ति शर्माको भूमिकाले सबैको मन जित्यो।


प्रकाशित : शनिबार, पुष १०, २०७८१५:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘सिम्बोल अफ आर्मर’ बाट सम्मानित हुने पहिलो भारतीय नागरिक बनिन् उर्वशी, गौरवान्वित भए फ्यान्स