पुष १६ गतेसम्मको साप्ताहिक राशिफल : यी राशिलाई राम्रो छैन यो साता, खर्च ह्वात्तै बढ्नेछ

♦ ज्योतिषाचार्य दामोदरनाथ लोहनी

साताको राशिफल : (पुष १० गतेदेखि पुष १६ गतेसम्म)

साताको चाड : – १० गते क्रिसमस डे । ११ गते रवि सप्तमी, अष्टमी व्रत । १४ गते दिशी पूजा । १५ गते सफला एकादशी व्रत, तमु ल्होसार । १६ गते प्रदोष वत ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साता मध्यम खालको छ । पूरा काम नबने पनि निराश हुनुपर्ने स्थिति छैन । साताको पूर्वाद्र्धभन्दा उत्तरार्धमा केही प्रगति होला । व्यापारसम्बन्धी काममा दौडधूप पर्न सक्छ । मित्रहरूको सहयोग पाइरहनुहुनेछ । गणेशको आराधनाले बाधा निकै घट्न सक्छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शनिबारको दिन स्वास्थ्यसम्बन्धी समस्या पर्ला । त्यसैका लागि सोमबारसम्म बढी खर्च हुन पनि सक्छ । मङ्गलबारदेखिका दिनहरू मध्यम खालका छन् । रिस गर्नेहरू प्रशस्त बढिरहेका छन् । सूर्यको आराधना प्रत्येक दिन गर्नुहोस् र सूर्यलाई जल चढाउनुहोस्।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दौडधूप बढी नै पर्ला । दौडधूप अनुसारको फल प्राप्ति हुने त छैन तर निराश हुनुपर्ने समय पनि देखिन्न । मुद्दामामिलामा विजय हुनेछ भने व्यापार व्यवसायमा पनि राम्रै लाभ लिन सक्नुहुनेछ । बोलीका कारणले विपक्षीको सङ्ख्या बढ्न पनि सक्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

साता त्यति नराम्रो होइन । सुरुका दिनमा काम बन्नेछन् । परिश्रम व्यर्थ होला जस्तो छैन । खर्चको मात्रा भने घट्ने देखिन्न । यात्रा हुने सम्भावना टड्कारो रूपमा देखिन्छ । प्रेम वा विवाहको कुरा भने भाँडिन पनि सक्छ । शुक्रबारको दिनमा इन्द्राणीको दर्शन गरिरहनुहोस।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सातालाई राम्रै रूपमा लिन सकिन्छ । सुरुका दिनमा इष्टमित्रसँग भेट हुनुका साथै रमाइला कार्यक्रमसमेत हुनेछन् । त्यसपछि खर्च त बढ्ला तर आँटेका काम पनि निकै बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुने बखत छ । व्यापार, व्यवसायमा पनि हानि देखिन्न।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

रमाइलो बढी गरिएला र ठोस कामका लागि भन्दा मनोरञ्जनकै लागि बढी खर्च हुन जानेछ । नयाँ खालको व्यापारको प्रस्ताव तपाईंको सामुन्नेमा आउन सक्छ । त्यसलाई स्वीकृति दिनुमा नै कल्याण छ । वाणीबाट भने अरूलाई प्रभावित पार्न सक्नुहुने छैन।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मेहनत प्रशस्त गर्नुपर्नेछ । खर्च पनि त्यत्तिकै बढ्न जाला । बढेको परिश्रमले फाइदा नै दिने देखिन्छ । मित्रहरू थपिनेछन् भने नयाँ कामको अवसर पनि दिलाउन सक्छन् । विवाहसम्बन्धी कुरामा राम्रैसँग टुङ्गो लाग्ला । व्यापार, व्यवसायमा समेत हाल प्रगति हुने स्थिति छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अनेकौँ कठिनाइ आएर सञ्चित धनको नोक्सानी होला कि जस्तो छ । पैसाको बचत पटक्कै हुनेछैन । ठीक समयमा ठीक बुद्धि पनि निकाल्न सक्नुहुने देखिन्न । स्वास्थ्यको स्थिति मध्यम रहला । मौसमी रोगले सताउन पनि सक्छ । सूर्य र गणेश दुवैको आराधना गरिरहनुहोस्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मनमा भय भइरहला । परिश्रम बढेझैँ केही गतिला काम पनि बन्नेछन् । आर्थिक स्थिति मध्यम खालको रहला । ज्यादा सञ्चय भने हुने छैन । थोरै बोल्नुमा नै कल्याण छ । व्यावसायिक क्षेत्रबाट हुने लाभ हाललाई बढी देखिन्न।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

आय र व्यय बराबरै खालको छ । परिश्रम ज्यादै गरिएला । शैक्षिक काममा खास प्रगति देखिन्न । व्यापारसम्बन्धी कामबाट राम्रो लाभ हुनसक्छ । हाललाई लामो यात्राको सम्भावना देखिन्न । प्रेमको क्षेत्रमा समेत खाली आश्वासन मात्र आउला । देवीको दर्शन गर्नुहोस्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

आइतबार र सोमबार त्यति राम्रा खालका छैनन् । त्यसैले यी दुई दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस् । बाँकी दिन भने राम्रा खालका छन् । आर्थिक क्षेत्रमा आत्तिनुपर्ने छैन । मद्दत गर्ने मित्र पनि प्रशस्त हुनेछन् । व्यापारको कामबाट भने सामान्य लाभ मात्र हुनेछ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यम खालको साता छ । सोचेका जति काम पूर्ण रूपमा त बन्ने छैनन् तर निराश हुनुपर्ने स्थिति पनि छैन । हातले समातेको व्यवसायबाट केही न केही प्राप्ति हुने नै देखिन्छ । पढाइको क्षेत्रमा सामान्य प्रगति मात्र छ । जागिरको कामबाट भने राम्रै टेवा मिल्ला।

प्रकाशित : शनिबार, पुष १०, २०७८११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पुष ११ गते आईतबार ,कस्तो रहला तपाईको दिन? हेर्नुहोस् भोलिको राशिफल !