बलिउडमा यस्ता स्टार पनि छन् जसको एक झलक पाउन मानिसहरु मरिहत्ते गर्छन् । आहिलेको समयमा आफूलाई मन पर्ने स्टारको तस्बिर तथा भिडियो हेर्न कुनै नौलो विषय हुँदैन तर पनि हरेक दिन नयाँ-नयाँ तस्बिर तथा भिडियो गर्न पाउनु भनेको कुनै सामान्य कुरा हैन । यसैबीच एक चर्चित बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर सार्वजनिक भएको छ ।
जसमा उनी आफ्नी आमासँग देखिएकी छिन् । यी अभिनेत्रीको अहिलेको समयमा बलिउड सुपरस्टारसँगको सम्बन्धका कारण आजभोलि निकै चर्चामा छिन् । यी बलिउड अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपनि अहिले तस्बिरमा देखिकी कुन अभिनेत्री हुन् भनेर कमै मानिसले मात्र अनुमान लगाउन सकेका छन् ।
यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र फ्यानहरुले उनलाई चिन्न खोजिरहेका छन् । वास्तवमा यो फोटो अरु कसैको नभई अभिनेत्री फातिमा सना शेखको हो । तस्बिरमा उनी पढ्दै गर्दा रोइरहेकी छिन् । उनीसँगै उनकी आमा पनि बसिरहेकी छिन् । फातिमा सना शेखको पर्सनल लाइफको कुरा गर्दा उनी बलिउडका मिस्टर परफे-क्शनिस्ट आमिर खानसँगको निकटतालाई लिएर अहिले निकै चर्चामा छिन् ।
अभिनेत्री फातिमाले आमिर खानसँग फिल्म ‘दंगल’मा पनि काम गरेकी छिन्, जसमा उनी आमिर खानकी छोरी भूमिकामा देखिकी थिइन् । यति मात्र नभई उनी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर खानसँग रोमान्टिक केमेस्ट्री गर्दै देखिएकी थिइन् । यद्यपि यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।