आज शुक्रले उल्टो चाल चाल्ने ,यी ७ राशिको लागि शुभ रहनेछ भने यी ५ राशिको जीवनमा उथुलपुथल !

वैदिक ज्योतिषमा शुक्र ग्रहलाई धेरै महत्व दिईन्छ । शुक्र ग्रहले कुनै पनि राशिमा आफ्नो उल्टो चाल सुरु गर्दा यसको प्रभावले केही राशिमा शुभ प्रभाव हुन्छ भने यो केही राशिका लागि अशुभ हुन्छ। यद्यपि शुक्र ग्रहलाई शुभ ग्रह मानिन्छ । जुन घरमा यसको शुभ दृष्टि पर्छ, त्यस घरमा शुभ फल प्राप्त हुन्छ। जसको कुण्डलीमा शुक्र राम्रो स्थानमा हुन्छ, उसलाई धन, वैभव, ऐश्वर्य र सबै सुख प्रदान हुन्छ।शुक्ज्रको अशुभ स्थिति हुने मान्छेलाई गुप्त रोग, प्रेम र जीवनमा सुखसुविधाबाट वञ्चित हुन पर्नेछ। आज डिसेम्बर १९ मा मकर राशिमा शुक्रको उल्टो चक्र सुरु हुँदैछ। जसको प्रभाव हरेक मानिसको जीवनमा पर्न जान्छ ।

शुक्र साँझ मकर राशिमा प्रतिगामी हुन्छ

आज डिसेम्बर १९ २०२१ मा शुक्र ग्रह आफ्नो मित्र शनि, मकर राशिको राशिमा वक्री हुदै  छ। अपराह्न ४:३२ मा, शुक्र आफ्नो  मार्गी अवस्थाबाट  वक्री अवस्थामा सर्नेछ र यसको प्रभाव सबै जीवित प्राणीमा रहनेछ। यो वर्की २९ जनुअरी २०२२ दिउँसो २ बजेसम्म रहनेछ र त्यपछि वर्कीं हुन्छ। शुक्र वृषभ र तुला राशिको स्वामी हो। शुक्र देव मीन राशिलाई उच्च राशि तथा कन्या राशिलाई नीच राशि मान्छन्।  रो सुख र समृद्दिको कारक पनि हो। जुन जीवनमा प्रेम प्राप्तिको कारण पनिं हो।

यी राशिको लागि शुभ शुक्रको उल्टो चाल

शुक्रको यो चाल यी राशिका लागि शुभ मानिन्छ मकर राशिमा शुक्रको उल्टो चाल मेष, वृष, कन्या, तुला, धनु, मकर र मीन राशिका लागि शुभ मानिन्छ। धनु राशिका लागि शुक्रको प्रतिगामी स्थितिले तपाईको बैंक ब्यालेन्स बढ्नेछ र उधारिएको पैसा पनि फिर्ता हुन सक्छ। अर्कोतर्फ, मीन राशिका मानिसहरूका लागि शुक्रको यो चाल आर्थिक दृष्टिकोणले निकै  फलदायक छ। 

यी राशिका लागि निकै अशुभ 

शुक्रको उल्टो चाल यी ५ राशिका लागि निकै अशुभ रहनेछ । यसमा मिथुन राशिको लागि शुक्रको वक्री चाल तपाईको राशिबाट अष्टम भावमा जानेछ। जुनले तपईलाई भविष्य  हुन सक्ने घटनाको बारेमा चिन्तित बनाउँछ। कर्क राशी हुने व्यक्तिको लागि शुक्रको वक्री चाल निकै अप्रत्याशित रहनेछ।  सिंह , वृश्चिक र कुम्भ राशि हुने व्यक्तिको लागि शुक्रको वक्री चाल शुभ मानिदैन।

 

प्रकाशित : आइतबार, पुष ०४, २०७८१७:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नयाँ वर्षमा कहिले-कहिले लाग्दै छ सूर्य ग्रहण, जन्नुहोस् तिथि र सूतक समय ?