सुखशान्ति र धनको कारक शुक्र ग्रह उल्टो चाल चल्दै छन् । शुक्रको यो राशि परिवर्तन मकर राशिमा हुने भएको छ । आगामी डिसेम्बर १९ मा ऐश्वर्यको कारक शुक्र ग्रह रहनेछ । यसपछि ३० डिसेम्बरमा शुक्रले उल्टो चाल चल्दै धनु राशिमा प्रवेश गर्नेछ। शुक्रको यस उल्टो चालले मकर लगायत सबै राशिहरूलाई शुभ तथा अशुभ असर पर्ने भएको छ । तर केही राशिहरु यस्ता रहेका छन् जसलाई शुक्रको उल्टो चालले शुभ हुने भएको छ ।
मेष राशि
शुक्र वक्रको समयमा साझेदारी व्यापार लाभदायक हुनेछ। जीवनसाथीको पक्षमाबाट आर्थिक लाभ योग रहेको छ । यसका साथै कार्यक्षेत्रमा प्रगतिको अवसर पनि मिल्नेछ ।
मिथुन राशि
शुक्रको वक्रीको समयमा जीवन साथी थप रोमान्टिक हुनेछन् । तर पार्टनरसँग मतभिन्नता हुन सक्छ। यस राशि परिवर्तनको अवधिमा विदेश जानुपर्ने हुन सक्छ। काममा जोस जागर बढ्ने छ ।
सिंह राशि
शुक्रको यस उल्टो चालले सिंह राशिलाई लाभ हुने भएको छ । नयाँ काम गर्ने अवसर मिल्नेछ । प्रेम जीवन वा दाम्पत्य जीवन पनि सुखद रहनेछ। कार्यक्षेत्रमा प्रगति गर्न सकिनेछ ।
कन्या राशि
यस शुक्र ग्रहको वक्रीको समयमा तपाईले घर वा कार किन्न सक्नुहुन्छ। यससँगै केही खुसीको खबर पनि प्राप्त हुनेछ । काममा सोचे अनुसारको प्रगति हुनेछ । भाग्यले पूर्ण साथ दिनेछ।
वृश्चिक राशि
व्यापारमा लाभ हुने योग बनेको छ । यसका साथै जीवनसाथीबाट लाभ मिल्नेछ। परिवारमा केही शुभ कार्य हुनेछन् । जसले गर्दा घरमा सुख शान्तिको वातावरण रहनेछ।
कुम्भ राशि
प्रेममा आएका समयको समाधान हुनेछ साथै वाधाहरु हटेर जानेछ । पार्टनरसँग धेरै रमाइलो हुनेछ। लाभ हुने काममा अवरोध आउन सक्छ। सामाजिक मान सम्मान मिल्नेछ ।