मेष राशि
कार्यक्षेत्रमा तपाईंको काम देखेर उच्च पदाधिकारी प्रशन्न हुनेछन्। थप जिम्मेवारी पनि प्राप्त गर्न सकिनेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनेछ। तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। सामाजिक कार्यमा तपाईंको संलग्नता बढ्नेछ। मनमा अनावश्यक चीज आउन नदिएका बढी लाभ मिल्ने उच्च सम्भावना रहेको छ। स्वास्थ्यमा भने विशेष ख्याल राख्नुपर्ने देखिन्छ।
वृष राशि
पुष महिना तपाईंको लागि अत्यन्त शुभ रहनेछ। पुँजी बजारको लगानीले मध्यम फल दिएपनि नयाँ कार्य प्रारम्भ गर्न चाहनुहुन्छ भने यो समय राम्रो साबित हुनसक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय शुभ रहनेछ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। व्यापार व्यवसायका लागि पनि समय अनुकूल नै रहनेछ।
मिथुन राशि
सामाजिक कार्यमा तपाईं पूर्ण रूपमा संलग्न हुनुहुनेछ र सामाजिक मान सम्मान पनि बढ्नेछ। बौद्धिक कार्यमा तपाईंलाई निकै उत्कृष्ट लाभ मिल्ने देखिन्छ। लामो समयदेखि रोकिएका कार्य यो महिना सफलताका साथ सम्पन्न हुनेछ। प्रेम सम्बन्ध अझ सुमधुर भएर जानेछ। साथी-भाइबाट पूर्ण साथ तथा सहयोगको अपेक्षा गर्न सकिनेछ।
कर्कट राशि
तपाईंका लागि यो समय शुभ नरहला। तपाईंले प्राय: क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न नसक्नुहोला। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय प्रतिकूल रहेको छ। पारिवारिक स्थिति नकारात्मक रहन सक्छ, ख्याल राख्नुहोला। महिनाको अन्तिमतिर भने स्वास्थ्यमा केहि समस्या आउनसक्छ। कमजोरी बाहिर आउनाले कार्यक्षेत्रमा समस्या पर्न सक्छ।
सिंह राशि
सिंह राशिका मानिसको लागि यो महिना राम्रो नै रहला। यात्राको योग बन्ने देखिन्छ। यात्रा सुखद तथा शुभ नै रहनेछ। तपाईं मान-सम्मानमा वृद्धि भएर जानेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त गर्न सकिनेछ। कला क्षेत्रमा तपाईंको लगाव बढ्नेछ। आर्थिक स्थिति यो महिना भर राम्रो नै रहने संकेत छ। विद्यार्थी वर्गको लागि पनि समय उत्तम रहला।
कन्या राशि
आर्थिक दृष्टिकोणले हेर्ने हो भने यो महिना तपाईंको लागि त्यति सुखद नरहला। शिक्षा क्षेत्रका मानिसको लागि पनि पुषको महिना अशुभ नै रहनेछ। आफ्नो कार्य योजना अरुलाई सुनाउँदा खुट्टा तान्नेको कमी कतै हुनेछैन। झन्झटिलो काममा संलग्न हुनुपर्ने स्थिति पनि उत्पन्न हुनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति बन्नसक्छ।
तुला राशि
यो महिना तपाईंको लागि मिश्रित रहनेछ। हरेक कार्यमा सफलता मिल्नेछ। यात्राको योग बन्नेछन्। यात्रा सुखद र रमणीय नै हुनेछ। व्यापार व्यवसायमा रहेका मानिसको लागि पनि नयाँ अवसरका बाटो खुल्नेछन्। महिनाको अन्त्यमा भने परिस्थिति केहि प्रतिकूल हुनेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। स्वास्थ्यमा समस्या देखा पर्ला।
वृश्चिक राशि
आकस्मिक धन लाभ हुने सम्भावना उच्च रहेको छ। शिक्षा क्षेत्रमा रहेका मानिसले विशेष सफलता प्राप्त गर्न सफल हुनेछन्। आफन्त तथा साथी-भाइसँग रमणीय भेटघाट हुने योग रहेको छ। नयाँ कार्य प्रारम्भ गर्न चाहनुहुन्छ भने यो महिना तपाईंको लागि निकै शुभ हुनेछ। सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग रहेको छ।
धनु राशि
आफन्तबाट विशेष साथ सहयोगको अपेक्षा गर्न सकिन्छ। पारिवारिक वातावरण सुखमय रहनेछ। शत्रु पराजित हुनेछन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। हरेक क्षेत्रमा तपाईंले केहि न केहि प्रगति गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गका लागि पनि यो समय अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्यमा भने अलि धेरै ध्यान दिन आवश्यक देखिन्छ।
मकर राशि
तपाईंलाई यो महिना भर आर्थिक समस्याले सताउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखा पर्ने हुँदा अत्यन्त सावधान र सजग रहनुहोला। प्रेम सम्बन्धमा मनमुटाव हुनुका साथै सम्बन्ध पनि कमजोर हुनसक्छ। महिनाको अन्त्यतिर भने रमणीय यात्राको सम्भावना रहनेछ। तपाईंले यो समयमा अनुकूल समयमा राम्रो निर्णय लिन सक्नुहुनेछ।
कुम्भ राशि
नयाँ कार्य प्रारम्भ गर्नको लागि यो महिना उत्तम हुनेछ। आफन्त तथा साथी-भाइको साथ सहयोग भरपूर रहनेछ। आयका नयाँ स्रोत भेटिनेछन्। आर्थिक लाभ मिल्ने उच्च सम्भावना रहेको छ। धर्म-कर्ममा मन लाग्नेछ। महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा पैसा खर्च हुनेछ।
मीन राशि
लामो समय देखि रोकिएका कार्यहरु यो महिनामा निकै सरलताका साथ सम्पन्न हुने देखिन्छ। मनमा आनन्द तथा शान्तिको भावना रहनेछ। कला क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने संकेत रहेको छ। पुँजी बजारमा लगानीको अवसर पनि छ।