अबको केही दिनमा सन २०२१ को अन्त्य भएर सन २०२२ को आगमन हुनेछ । यस वर्षमा सफलता हासिल गर्न नसकेर तपाई चिन्तित हुनुहुन्छ । र चाहानु हुन्छ की आगामी नयाँ वर्षमा केही शुभ होस् । आगामी वर्ष तपाईको लागि धेरै सफल साबित होस्। त्यसका लागि धेरै राम्रो अवसर आएको छ। त्यसका लागि विशेष दिनको आगमन हुँदै छ ।
सफला एकादशी ३० डिसेम्बरमा परेको छ । यस दिन विशेष कार्य गर्नाले भगवान विष्णु प्रसन्न भएर आशीर्वाद प्रदान गर्नुहुन्छ भन्ने मान्यता रहेको छ। यो दिन सफलता प्राप्तिका उपाय गर्नाले यसलाई विशेष मानिन्छ। यसका साथै यो वर्ष २०२१ को अन्तिम एकादशी पनि हो ।
त्यसैले भनिन्छ सफला एकादशी
पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । धर्म र ज्योतिष शास्त्र अनुसार यस दिन व्रत राख्नाले मानिसको हरेक काममा पुरा हुनुको साथै सफलता प्राप्त हुने मान्यता रहेको छ । यस दिन व्रत राख्नेहरूमाथि भगवान विष्णुको विशेष कृपा हुन्छ। पुराणका अनुसार महाभारतअघि पाण्डवहरूले पनि सफला एकादशीको व्रत राखेका थिए ।
यस्तो छ शुभ समय र पूजा विधि
सफला एकादशी डिसेम्बर २९ तारिक दिउँसो ४ः२७ बजेबाट सुरु भई डिसेम्बर ३० दिउँसो १ः५५ बजेसम्म चल्नेछ। अर्थात् पूजाको शुभ समय दिउँसो १ बजेभन्दा पछाडिको हुनेछ । तर व्रतको पराणा डिसेम्बर ३१ तारिक बिहान ७:२९ बजेदेखि ९:३३ मिनेटसम्म रहनेछ। सफला एकादशीको दिन बिहान स्नान गरी भगवान् विष्णुको दर्शन गरी व्रतको अन्त्य गर्नुपर्छ । यस व्रतमा भगवान विष्णुको अच्युत रुपको पूजा गर्नु सबैभन्दा शुभ मानिन्छ ।
पूजाको लागि भगवानलाई बेसार-अक्षता चढाउनुहोस्। त्यसपछि धूप-दीप बाल्नुहोस् । फलफूल, पञ्चामृत, नरिवल, सुपारी, अमला, अनार र ल्वाङ आदि चढाउनुहोस्। व्रतको दिन अधिकतम समयसम्म ‘श्रीहरिको नाम’ जप गर्ने प्रयास गर्नुहोस्। यस बाहेक व्रतको भोलिपल्ट गरिबहरूलाई खाना खुवाउनुहोस्।