अबको ३० दिन यी ४ राशि रहनुहोस् सावधान, कमजोर हुनेछन् सूर्य: पर्नेछ नकारात्मक प्रभाव !

पुष १ गते अर्थात् आज सूर्य भगवान आफ्नो राशि परिवर्तन गरी धनु राशिमा प्रवेश गरेका छन् । अबको एक महिना सूर्य धनु राशिमा रहने छन् । त्यस पछि जनवरी १४, २०२२ मा धनु राशि छोडेर मकर राशिमा प्रवेश गर्नेछन् । यस समयमा सूर्य तेज कम हुनेछ जसको प्रभाव १२ राशिमा नै पर्ने भएको छ ।

तर केही राशिका लागि, सूर्यको यस राशि परिवर्तनले नकारात्मक प्रभाव पर्ने भएको छ । यी राशिका व्यक्तिहरुको लागि आगामी १ महिनाको समय निकै सावधानीपूर्वक बिताउनु पर्ने देखिन्छ सूर्यको यस राशि परिवर्तनको समयमा सावधान रहनुहोस् यी राशिहरु….

वृष राशि

यस राशि परिवर्तनको अवधिमा वैदेशिक यात्राको योग बन्नेछ । कार्यस्थलमा धन लाभ हुनेछ । जागिर खोज्नेहरूका लागि यो राशि परिवर्तन शुभ रहनेछ। जीवनशैलीमा सजग रहनुपर्छ । आमाको स्वास्थ्य बिग्रन सक्छ। अदालती मुद्दामा धन खर्च हुनेछ ।

मिथुन राशि

यात्राको समयमा क्रोधलाई नियन्त्रणमा राख्नुपर्छ। यो राशि परिवर्तनको समयमा दाम्पत्य जीवनको लागि शुभ रहनेछ। विशेष व्यक्तिसँग विवाद हुन सक्छ। विदेशी कम्पनीमा काम गर्ने अवसर। रोजगारी भएकाले धन प्राप्त हुनेछ । मांसपेशीको समस्याले सताउनेछ।

कन्या राशि

यस राशि परिवर्तनको समयमा मानसिक तनाव बढ्नेछ। आमासँग विवाद हुन सक्छ। स्वास्थ्यमा सजग रहनुपर्छ । अन्यथा स्वास्थ्यमा असर पर्न सक्नुहुन्छ। परिवारमा कलहको वातावरण रहनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।

मकर राशि

स्वास्थ्यमा धन खर्च हुनेछ । दैनिक आम्दानी बढ्नेछ। निद्रा नलाग्ने, आँखाको ज्योति र पेटको समस्याले बाधा पुर्याउन सक्छ। वैदेशिक व्यापारमा लाभ बढ्नेछ। परिवारमा बुवाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१०:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मीन राशिका लागि नयाँ वर्ष सन २०२२ ले खुशी ल्याउनेछ, धन सम्पत्तिमा हुनेछ आपर लाभ !