हातमा रातो चुरा, सिउँदोमा सिन्दूर, श्रीमान् विक्कीको हातमा हात समातिरहेकी कट्रिना कैफ !

कट्रिना कैफको सिउँदोमा विक्की कौशलको सिन्दुर स्पष्ट देखिन्थ्यो । सुहागनको अवतारमा कट्रिना कैफ निकै सुन्दर देखिएकी छिन् ।

डिसेम्बर ९ मा विवाहपछि कट्रिना कैफ र विक्की कौशल सधैँको लागि एक अर्का बनेका थिए । भारतीय मिडियामा आएको समाचार अनुसार अभिनेता तथा अभिनेत्री विवाहको भोलिपल्ट नै नव जोडी हनिमुनका लागि हिँडेका थिए । यति बेला यी दम्पती हनिमुनबाट फर्किएका छन् । दुवैलाई हेर्न मानिसहरु जम्मा भएका थिए । विवाहपछि दुवै पहिलो पटक मिडियासामु पहिलो पटक देखिएका थिए ।

दम्पती हनिमुनबाट फर्किएका छन् । विवाहपछि दुवै पहिलो पटक मुम्बई एयरपोर्टमा श्रीमान्–श्रीमतीको रुपमा देखिएका छन् । विक्की कौशल र कट्रिना कैफ एअरपोर्ट बाहिर एक साथमा देखिएका थिए ।

विक्कीले मायापूर्वक कट्रिनाको हात समाते र त्यसपछि दुवैले मिडियालाई पोज दिए। अभिनेत्री कट्रिना कैफको मागमा विक्की कौशलको सिन्दुर स्पष्ट देखिन्थ्यो । सुहागनको अवतारमा कट्रिना कैफ निकै सुन्दर देखिएकी छिन् । यति बेला यी जोडियो यस तस्बिर सामाजिक सञ्जालमा ननिकै भाइरल भएको छ ।

 

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्याकलिनले गर्लफ्रेन्ड बन्न ५५ करोडमा सम्झौता? खुलासा सुनेपछि उड्नेछ होश!