काठमाडौँ : नयाँ वर्ष सन् २०२२ आरम्भ हुन निकै कम समय बाँकी छ। ज्योतिषमा ग्रह परिवर्तनको विशेष महत्व रहेको छ । ग्रहहरुको राशि परिवर्तनले सबै राशिहरुमा प्रत्यक्ष प्रभाव पार्छ। ज्योतिषमा बृहस्पति ग्रहको विशेष स्थान रहेको छ। यसका साथै यसलाई देवताको गुरु पनि भनिन्छ।
यहीँ कारण गुरुले राशि परिवर्तन गर्दा खास महत्व राख्छ। ज्योतिषशास्त्रका अनुसार यहीँ वर्षको चैत्र २९ गते(सन् २०२२ अप्रिल १२) बृहस्पति ग्रह आफ्नै राशिमा प्रवेश गर्नेछ। सन् २०२२ को गुरु ग्रहको राशि परिवर्तन ४ राशिका जातकको लागि शुभ साबित हुनेछ।
चैत्र २९(२०२२ अप्रिल १२) गते बृहस्पति आफ्नो राशि मीनमा प्रवेश गर्नेछ। वर्षको प्रारम्भमा बृहस्पतिले कुम्भ राशिमा प्रवेश गर्नेछ। त्यसपछि फागुन ११(२३ फेब्रुअरी २०२२) मा बृहस्पति अस्त हुनेछ। त्यसपछि फेरी चैत १३ गते(२७ मार्च) उदय हुनेछ। साथै चैत्र २९ गते बृहस्पतिले आफ्नै राशि मीनमा गोचर गर्नेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
बृहस्पतिको राशि परिवर्तनको प्रभाव कन्या राशिमा पनि रहनेछ। नयाँ वर्षमा कन्या राशिका जातकलाई मनग्यै धन लाभ हुनेछ। पहिले अपूरा रहेका कामहरुले पूर्णता पाउनेछ। जसकारण आर्थिक स्थितिमा सुधार आउनेछ। साथै लगानीबाट प्रशस्त लाभ हुनेछ। जग्गा-जमिनबाट राम्रो आर्थिक लाभ हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
बृहस्पतिको राशि परिवर्तन वृश्चिक राशिका जातकका लागि वरदान साबित हुनेछ। गोचरको प्रभावले जीवन अद्भुत एवं शानदार रहनेछ। धन आर्जनका प्रशस्त अवसरहरु पाउनुहुनेछ। जागिरमा पदोन्नतिको लागि २०२२ खास साबित हुनेछ। जागिरका थुप्रै अवसरहरु पाउनुहुनेछ। यसबाहेक आर्थिक लाभ पनि धेरै हुनेछ। ब्याङ्क ब्यालेन्स पनि बढ्नेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
नयाँ वर्षमा मीन राशिमा बृहस्पतिको गोचर धनु राशिका लागि लाभदायक रहनेछ। सन् २०२१ का आर्थिक सङ्कटहरु समाप्त हुनेछन्। यसबाहेक आर्थिक लाभका थुप्रै अवसरहरु पाउनुहुनेछ। घरजग्गामा गर्नुभएका लगानीबाट लाभ पाउनुहुनेछ। व्यापार-व्यवसायमा आम्दानी बढ्नेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बृहस्पतिको राशि परिवर्तनको कारणले सन् २०२२ मा इच्छाएको काम र प्रगति प्राप्त हुनेछ। गुरुको गोचर कुम्भ राशिका जातकका लागि निकै शुभ साबित हुनेछ। यसका साथै नोकरीमा पदोन्नति र व्यापारमा उन्नतिको प्रबल योग रहेको छ। आर्थिक लाभमा कुनै प्रकारको संकट आउने छैन।