अहिलेको समयको चर्चित मोडल तथा अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेकी छन् ।
अहिलेको समयको चर्चित अभिनेत्री तथा मोडल नम्रता श्रेष्ठको एक तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘माया नै लक्ष्य हो, जीवन यात्रा हो ।’ तस्बिरमा देख्न सकिन्छ, अभिनेत्रीले हातमा ओशोको पुस्तक बोकेको छिन् ।
यसको साथै अभिनेत्रीले सन्यासी बनेसँगै उनले आफ्नो घाँटीमा ओशो अंंकित माला लगाएकी छिन् । अभिनेत्री सन्यासी बने सँगै उनि भौतिक सुख छोड्नु पर्ने हुन्छ । यति बेला अभिनेत्रीले सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक गरे पछि सबैलाई चासोको विषय बनेको छ । यस भन्दापहिले अभिनेत्रीले गर्दै आएको अभिनय क्षेत्र के गर्छिन् ?
अभिनेत्री नेपाली फिल्म ‘अन्तराल’ बाट मुख्य भूमिकामा देखिए सँगै विभिन्न फिल्ममा सुन्दर अभिनय गर्दै आएकी थिइन् । साथै एक समयमा अभिनेत्रीको एक भनाइ सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । त्यस समयमा अभिनेत्रीले एक सामाजिक सञ्जाललाई अन्तर्वार्ता दिने क्रममा आफूलाई विवाह नगरी नै बच्चा जन्माउन चाहना भएको बताएकी थिइन् । त्यस समयमा उनको भनाई निकै भाइरल भएको थियो ।