साप्ताहिक राशिफल : आजदेखि पुष २ गतेसम्म तपाईको दिन अनुकूल-प्रतिकूल कस्तो रहला ?

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी [साताको राशिफल : मङ्सिर २५ देखि पुष २ गतेसम्म]

♦ साताका चाडहरु : साताका विशेष पर्व, २५ गते अष्टमी व्रत । २८ गते मोक्षदा एकादशी व्रत, गीता जयन्ती । १ गते पौष सङ्क्रान्ति, प्रदोष व्रत।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बाधाहरू आइरहनेछन् तर त्यसलाई नियन्त्रण गर्न सक्ने शक्ति पनि बलियो नै हुनाले खास चिन्ता मान्नु पर्दैन । आइतबार र सोमबार बढी खर्च हुनेछ । मङ्गलबारको दिन स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । अरू दिन भने राम्रा खालका छन् । गणेशको दर्शन गर्नुहोस् ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पूर्वाद्र्ध निकै राम्रो खालको छ । आफ्नो र परिवारको स्वास्थ्यमा आएको समस्याले खर्चको मात्रा पनि बढाइरहला । एकै थलोमा बस्न मन लाग्ने छैन । व्यापारसम्बन्धी काममा आएको बाधा यो सातामा हट्ने देखिन्छ । यात्राको सम्भावनासमेत टड्कारो रूपमा देखा पर्नेछ ।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । धार्मिक एवं कल्याणकारी काम गर्नमा मन जाला भने गरेका काम सफल पनि हुनेछन् । आर्थिक स्थिति राम्रो खालको रहला । पारिवारिक स्वास्थ्य भने अझै पनि सप्रिएको देखिन्न । देवीको सेवा नगरीकन त्यसलाई हटाउन सकिन्न ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शनिबारको दिन त्यति राम्रो छैन । सोच्दै नसोचेका समस्या आएर मानसिक चिन्ता बढाइरहला । बेलुकीदेखि मात्र समस्या समाप्त हुनेतिर पुग्नेछ । आइतबारदेखिको बाँकी दिन गतिला खालका छन् । असल काम हुनेछन् । गरेका काममा राम्रै सफलता पाउनुहुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मध्यम खालको साता छ । मान प्रतिष्ठामा आएको ह्रास बिस्तारै घटेर जाला तर खर्चको मात्रा भने घट्ने छैन । तपाईंमाथि अनेकौँ अपवाद र दोषसमेत लाग्नसक्छ । शिक्षाको क्षेत्रमा पनि प्रगति देखिन्न । एकाग्रताको अभावले पिरोलिरहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

केही बाधा आए पनि त्यसलाई छिमल्न सकिनेछ । पूर्वाद्र्धभन्दा उत्तराद्र्ध राम्रो खालको छ । पढाइमा समेत आंशिक सुधार भइरहला । व्यापारसम्बन्धी काममा बढी दौडधूप गर्नु पर्नेछ । शिवजीको दर्शन गरिरहनुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सातालाई राम्रै रूपमा लिन सकिन्छ । पढाइ एवं लेखाइ समान गतिमा चल्ला । नोकरीमा भन्दा व्यापार, व्यवसायको कामबाटै फाइदा हुनेछ । परिवारबाट मद्दत मिलिरहला । प्राविधिक खाले काममा विशेष सफलता देखा पर्छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सुरुको दिनमा मन खिन्न भए पनि आइतबारदेखि त्यसमा सुधार हुनेछ । बाधा दिने तìवहरू निकै छन् । त्यसलाई हटाउन गणेशको आराधना गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा सामान्य प्रगति मात्र छ । परिवार एवं मित्रको मद्दतले भने निकै काम गर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सोमबारसम्मका दिनहरू मध्यम खालका छन् । मङ्गलबारको दिनमा निकै खर्च गरेपछि मात्र काम बन्ला । बुधबारदेखि केही राम्रा अवसर आउन सक्छन् । व्यापारसम्बन्धी काममा सीमित लाभ मात्र होला, हानि देखिन्न । नारायणको दर्शन गरिरहनुहोस् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

खर्च बढे पनि निराश हुनुपर्ने समय छैन । नजिकका भन्दा टाढाका मित्रले सहयोग गर्नेछन् । परिवारबाट ठूलो सन्तुष्टि हुने बेला छैन । विवाहको काममा समेत अवरोध आउला जस्तो छ । भगवतीको सेवा गर्नुहोस् र पीपलमा नित्य जल चढाउनुहोस् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । शनिबारको दिनमा मित्रसँग भेटघाट हुनुका साथै रमाइलो पनि प्रशस्त गरिएला । आइतबारदेखिका दिनहरू लाभप्रद छन् । आयको स्रोत बलियो हुनाले पैसाको सञ्चय नै हुने बेला छ । जागिरबाट भने ठूलो उपलब्धि देखा पर्दैन ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

शनिबारको दिनमा बढी खर्च होला । आइतबारदेखिका दिनहरू अनुकूल खालका छन् । मनमा भएको भय एवं शङ्का बिस्तारै हटेर जाला भने काम गर्ने जमर्को पनि प्रशस्त चल्नेछ । व्यापार, व्यवसायबाट भएको लाभले सानातिना समस्या सजिलैसित समाधान होला ।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मङ्सिर २६ गते आईतबार,कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !