बुध धनु राशिमा प्रवेश गरेको छ। बुधको यो राशि परिवर्तन डिसेम्बर १०, २०२१ अर्थात् आज भएको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह पहिले मकर राशिमा विराजमान थिए । कन्या राशिमा बुध बलवान र मीन राशिमा कमजोर हुन्छ । बुधको यो परिवर्तनले सबै राशिलाई असर गर्ने छ बुधको यस राशि परिवर्तनले कस्तो प्रभाव पर्छ ।
मेष राशि
व्यापारबाट धन लाभ हुने योग रहेको छ । दाजुभाइसँग घरपरिवारमा मनमुटाब बढ्न सक्छ । चिसोबाट सजग रहनु होला अन्यथा स्वास्थ्यमा असर पर्नेछ। शत्रु सक्रिय हुनेछन् । परिवारमा शान्तिको वातावरण रहनेछ।
वृष राशि
सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ । जीवन साथीसँगको सम्बन्ध मधुर रहनेछ । व्यापार विस्तार हुनुको साथै त्यसबाट धन लाभ हुनेछ । साझेदारी व्यवसायबाट लाभ हुनेछ।
मिथुन राशि
भौतिक साधनबाट तनाव हुनसक्छ। स्वास्थ्य समस्याले सताउन सक्छ। यस राशि परिवर्तन अवधिमा मनोबल कमजोर रहनेछ। सामाजिक प्रतिष्ठा घट्नेछ। अचानक धार्मिक यात्राको योग छ। आमाको स्वास्थ्यमा ध्यान दिनु पर्ने देखिन्छ ।
कर्कट राशि
दाजुभाइ दिदीबहिनीले तपाईको कारण दुःख पाउनेछन् । यात्रामा खर्च बढ्नेछ। सन्तानको सम्बन्धमा मानसिक तनाव रहनेछ। अध्ययनमा खर्च बढ्नेछ । व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ । परिवारमा खर्च बढ्नेछ।
सिंह राशि
आम्दानीको स्रोत बढ्ने छ । व्यापार व्यवसायमा आर्थिक लाभको योग रहेको छ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । नयाँ घर तथा सवारी साधन खरिद गर्ने योग बनेको छ ।
कन्या राशि
रोकिएका अधुरा काम पुरा हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ। सुखको साधन बढ्नेछ । अचानक घरेलु समस्या आउनेछ। घरेलु मामिलामा चिन्ता बढ्न सक्छ।
तुला राशि
व्यापार व्यवसायमा वृद्धि हुनाले नाफामा वृद्धि हुने योग रहेको छ । पिताबाट लाभको सम्भावना छ । स्वास्थ्य समस्याले सताउन सक्छ। खर्चमा अचानक वृद्धि हुनेछ । आफन्तमा कुनै शुभ कार्य सम्पन्न हुनेछन् । यात्रामा खर्च बढ्नेछ।
वृश्चिक राशि
व्यापारमा धन लाभ हुनेछ । नयाँ काममा प्रगति हुनेछ । मानसिक चिन्ता बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारीको काममा कम वृद्धि हुने सम्भावना रहेको छ ।
धनु राशि
यात्रामा सुखका साधन बढ्नेछन् । घरपरिवारमा कुनै विवादका कारण तनाव बढ्नेछ । प्रेम जीवनमा पार्टनरमा खर्च बढ्नेछ। काममा प्रगति हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ।
मकर राशि
पारिवारिक सुखमा वृद्धि हुनेछ। परिवारका सदस्यहरुको स्वास्थ्य राम्रो रहनेछ । भौतिक साधनको सुखले मन प्रसन्न रहनेछ। सन्तानको चिन्ता रहनेछ । सफलताका लागि मिहिनेत गर्नुपर्नेछ ।
कुम्भ राशि
जीवन साथीसँग रमाइलो समय बित्नेछ। भाग्य बढ्ने छ । मनमा एक किसिमको डर रहनेछ। व्यापार बढ्नेछ। पैतृक सम्पत्ती बाट लाभ हुनेछ।
मीन राशि
सन्तानको चिन्ता रहनेछ । साझेदारीका काममा फाइदा हुनेछ । मान सम्मान बढ्नेछ । बाबुको सम्पत्तिबाट आर्थिक लाभ हुनेछ ।