मंगल ग्रह वृश्चिक राशिमा प्रवेश गरिसकेको छ। वृश्चिक राशिमा सूर्य, केतु र बुध पहिले देखि नै रहेको थियो। मंगल ग्रहको आगमनसँगै चार ग्रहको योगफल एकसाथ बनेको छ । तर, यो योग डिसेम्बर १० मा बुधको प्रस्थानसँगै समाप्त हुनेछ। यससँगै डिसेम्बर १६ मा सूर्य धनु राशिमा प्रवेश गर्दा मंगल र केतुको ज्वालामुखी योग बन्नेछ। यो अवस्था १६ जनवरी २०२२ सम्म रहनेछ। मंगल र केतुले बनेको यो ज्वालामुखी योगले केही राशिलाई संकट आउनेछ । यस प्रकार छन् ती राशिहरु….
मेष राशि
मंगल र केतुबाट बनेको ज्वालामुखी योगको प्रभाव मेष राशिमा नकारात्मक प्रभाव पर्ने भएको छ । कामिन सम्बन्धी कारोबारमा हानि हुनेछ । यसको साथै पैतृक सम्पतिमा पनि हानी हुनसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृष राशि
साझेदारीको गरिएको व्यवसायमा विवाद हुनेछ। दाम्पत्य जीवनमा खुसीको कमी हुनेछ। विवाहमा ढिलाइ हुने सम्भावना छ । चिसोबाट सजग रहनुहोला अन्यथा स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह राशि
आमा बाबुको स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक कारोबारमा समस्या सिर्जना हुन् सक्छ । व्यक्तिगत सम्पतिको कारोबारमा नोक्सानी हुन सक्छ । शत्रु सक्रिय हुनेछन् ।
तुला राशि
घर तथा साथीसँग विवाद हुनेछ । खर्चमा वृद्धि हुनेछ । केही रहस्य खुल्नेछ । जसका कारण मन अशान्त रहनेछ । यस समयमा आफन्त तथा साथीभाइ टाढा हुन सक्छन् ।
धनु राशि
स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । परिवारमा दाजुभाइसँग विवाद हुने सम्भावना छ । कुनै पनि चोटले शारीरिक समस्या हुनेछ । अध्ययनमा मन जानेछैन ।