के ५६ वर्षीय सलमान खान बाबु बन्न लागेका हुन्? अभिनेताले दिए खुसीको खबर !

बलिउड अभिनेता अहिलेको समयमा ५६ वर्षका भइसकेका छन् । अहिले सबैलाई चासोको विषय बनेको छ की सलमान खान कहिले विवाह गर्छन् । अहिले सामाजिक सञ्जालमा सलमानको विवाहको कुरा नभई अभिनेताको बारेमा एक अनौठो खबर सार्वजनिक भएको छ । भारतीय विभिन्न सञ्चार मध्यमको अनुसार सलमान यति बेला बाबु बन्न लागेको खबरले चर्चा पाएको छ।

अभिनेता सलान यति बेला एक सन्तान मात्र नभई दुई सन्तानको बाबु बन्न लागेका हुन्। सानो पर्दाको सबैभन्दा चर्चित शो बिग बोस १५ को स्टेजमा सलमान खानले यो खुलासा गरेका छन् । बलिउडको चर्चित अभिनेत्री रानी मुखर्जी चाँडै नै फिल्म ‘बंटी और बबली २’ मा देखिने छिन् र अहिले उनी आफ्नो फिल्मको प्रमोशनका लागि विभिन्न शोमा सहभागी भईरहेकी छिन् र यसै बिचमा रानी बिग बोस १५ को सेटमा आइपुगेकी छिन् ।

बिग बोसको सेटमा आफ्नो आगामी फिल्मको प्रचार गर्न उपस्थित अभिनेत्री रानी मुखर्जी र सलाम शोका प्रतियोगीसँग खुब रमाइलो गरेका छन्। यस क्रममा सलमान आफैंले आफ्ना फ्यान र रानीलाई आफू एक नभई दुई सन्तानको पिता बन्ने खुलासा गरेका थिए । वास्तवमा रानी शोमा पुग्ने बित्तिकै सलमानलाई सम्झाउँछिन् कि जब उनी यस भन्दा पहिलो पटक सलमानको शोमा आएकी थिइन्, त्यति बेला अभिनेत्रीले भनेकी थिइन् सलमानको एउटा बच्चा पनि छ।

रानीले सलमानलाई सोधिन् त्यो बच्चा कहाँ छ ? त्यस समयमा सलमान हाँस्छन् र भन्छन् कि बच्चा अझै प्रक्रियामा छ, जसमा रानी पनि मुस्कुराउँछिन् र भन्छिन् कि ‘बन्टी और बबली ३’ आउँदासम्म यो बच्चा हुनुपर्छ। जसको जवाफमा सलमानले एक नभई दुई सन्तान हुने बताएका छन् । एक छोरा र छोरी।

यसै क्रममा सलमान खानको यो भनाइलाई लिएर मानिसहरु र उनका फ्यानहरुले अभिनेताले सरोगेसी मार्फत सन्तान जन्माउने सोचमा रहेको अनुमान लगाएका छन् । केही वर्ष पहिले सलमान खानले एक अन्तर्वार्तामा आफूलाई विवाहको बारेमा थाहा नभएको तर पिता अवश्य बन्ने बताएका थिए र यस्तो अवस्थामा सलमानले सरोगेसीको मद्दत लिन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेता कार्तिक आर्यनको हालत खराब, सडकमा फूल बेच्दै देखिए