काठमाडौँ : हरेक महिना जन्मिने मानिसको आफ्नै विशेषता हुन्छ । कोहीँ पैसा कमाउन अब्बल हुन्छन् भने कोहीँ सम्बन्ध बनाउनमा। अहिले सन् २०२१ को अन्तिम महिना डिसेम्बर चलिरहेको छ। यस महिनामा जन्मिएका व्यक्तिको पनि आफ्नै विशेषता हुन्छ। यो महिनामा जन्मिएका मानिसहरु धेरै बुद्धिमान हुन्छन् । दिनहुँ गर्ने कामहरुमा यिनीहरु अल्छी मान्छन्। आफ्नो रचनात्मकताका कारण यिनीहरु चाँडै नै मानिसको प्रिय बन्छन् ।
डिसेम्बर महिनामा जन्मिएकाहरु जन्मजात नै नेतृत्वकलामा निपुण हुन्छन्। सामान्यतया: यिनीहरु धेरै रचनात्मक हुन्छन्, यहीँ कारण कला क्षेत्रमा यिनले राम्रो नाम कमाउँछन्। तर कहिलेकाहीँ यिनीहरु आफ्नो योग्यतामा मन्त्रमुग्ध भएर अहंकारको शिकार हुन्छन्। यिनीहरुलाई बेला-बेलामा अरु मानिसहरुसँग तालमेल मिलाउन कठिन हुन्छ।
सम्बन्ध निभाउने मामिलामा डिसेम्बर महिनामा जन्मिएका मानिसहरु अचम्मका हुन्छन्। प्रेम जीवन, दाम्पत्य जीवन, मित्रता होस् या टाढाका आफन्तका सुख-दुखमा तिनलाई साथ दिन्छन्। यिनीहरु आफ्नो पार्टनरलाई असीमित प्रेम गर्छन्।
यो महिनामा जन्मिएका व्यक्तिहरु आफ्नो सिद्धान्तको साथ अगाडी बढ्छन्। यिनीहरु सधैँ इमान्दारितालाई महत्व दिन्छन्। यिनीहरुको व्यक्तिगत जीवनका साथै व्यावसायिक जीवन पनि सफल हुन्छ। तर कहिलेकाहीँ ठूलो उपलब्धि हासिल गरेपछि त्यसैमा चित्त बुझाएर बस्छन्।