यस समयमा सूर्यले राशि परिवर्तन गर्दै, यी ४ राशि रहनुहोस् सावधान !

सूर्य देवले हरेक महिनामा राशि परिवर्तन गर्ने गर्दछन् । यसै क्रममा सूर्य देव यही सन २०२१ डिसेम्बर १६ मा वृश्चिक राशिबाट बाहिरिने छन् । बिहान ३:४३ बजे धनु राशिमा गोचर हुनेछ। यस राशिमा सूर्य भगवान १४ जनवरी २०२२ को दिउँसो २:४४ बजे सम्म रहनेछन्। धनु राशिमा सूर्यको गोचरका कारण बुद्धादित्य योग बन्नेछ, जुन केही राशिका लागि शुभ रहनेछ तर ४ राशिको जीवनमा सूर्य देवताको चाल परिवर्तनले अशान्ति सिर्जना गर्नेछ। यी राशिका व्यक्तिहरूलाई यस अवधिमा सावधानी अपनाउन सल्लाह दिइएको छ। य प्रकार छन् ती राशिहरु….

मिथुन राशि

सूर्य मिथुन राशिको तेस्रो घरको स्वामी हो । तर अहिलेको समयमा सूर्य मिथुन राशिको सप्तम भावमा गएर बस्नेछन् । यस अवधिमा मिथुन राशिको मानिस उर्जाले भरिपूर्ण हुनेछ । तर यस समयमा मिथुन राशिको मानिलाई क्रोध अधिक हुनेछ । जसको कारण तपाईको काममा प्रभाव पर्न सक्छ। यस समयमा तपाई आफ्नो बोलीको प्रभावको कारण अरुलाई आकर्षित गर्न सक्नु हुनेछ । दाम्पत्य जीवन राम्रो हुनेछ ।

कन्या राशि

सूर्य कन्या राशिको १२ घरको स्वामी हुन् तर यस समयमा ४ घरमा बस्नेछन् । यस सममा कन्या राशिका मानिस अप्रत्याशित घटनाहरूले घेरिएको हुन सक्छ । यस समयमा कन्या राशि भएका मानिस धेरै भावुक हुने गर्दछन् । यस अवधिमा आमासँग झगडा पनि हुन सक्छ, तर तपाईलाई यसबाट बच्न राम्रो हुनेछ ।

वृश्चिक राशि

सूर्य वृश्चिक राशिको दशौ घरको स्वामी हुन् । यस समयमा सूर्लेय राशि परिवर्तन गर्दा सूर्य वृश्चिक राशिको दोस्रो भावमा विराजमान हुनेछन्। यस समयमा तपाई आफ्नो पेशा व्यवसायबाट राम्रो आय आर्जन गर्न सक्नु हुनेछ । यस समयमा गतल मानिससँगको भेटले गलत कम गर्न सकिनेछ । यस समयमा तपाई सरकारी तथा पैतृक सम्पतिबाट लाभ लिन सक्नु हुनेछ ।

माकर राशि

यस राशि परिवर्तनको समयमा मकर राशिका व्यक्तिहरूका लागि आठौँ घरको स्वामी सूर्य बाह्रौं घरमा प्रवेश गर्नेछ। यस राशि परिवर्तनको अवधिमा तपाईको खर्च आम्दानी भन्दा बढी हुनेछ । किनकि स्वास्थ्यमा अलि बढी खर्च गर्नुपर्ने हुन सक्छ। यस समयमा धार्मिक कार्यमा तपाईको झुकाव बढ्नेछ र तपाईले आफ्नो पैसा पनि यस धार्मिक कार्यमा खुलेर खर्च गर्नुहुनेछ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा हिन्दुबाट क्रिस्चियन बन्छन्, तर यी चर्चित सेलिब्रेटी यसकारण क्रिस्चियनबाट हिन्दु बने