अबको एक महिना यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ धनको वर्षात

मानिसहरु नयाँ वर्ष सुरु भए सँगै हरेक कुरामा नयाँ अपेक्षा गरेका हुन्छन् । यस मध्ये धेरै आशा धन क करियरको बारेमा हुन्छ। सबै जना चाहन्छन् कि उनीहरूसँग धेरै पैसा होस् र आरामसँग जीवन बिताओस्। सन २०२१ सकिन केही दिन मात्रै बाँकी छ र कतिपयका लागि यस बाकि दिनहरु निकै शुभ साबित हुने देखिन्छ । डिसेम्बर ८ मा शुक्र ग्रह धनु राशिबाट राशि परिवर्तन गरी मकर राशिमा प्रवेश गर्दै छ जसले गर्दा ४ राशिका मानिसमा धनको वर्षात हुनेछ ।

शुक्र ग्रहलाई भौतिक सुख, दाम्पत्य सुख, विलासिता, कला, सौन्दर्य र रोमान्सको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा शुक्र ग्रह शुभ स्थानमा हुन्छ उनिहरुमाथि माता लक्ष्मीको कृपा वर्षा हुन्छ । शुक्र ग्रहको यो गोचरले ४ राशिका मानिसहरुलाई अत्याधिक लाभ दिनेछ ।

मेष राशि

मेष राशिका मानिसहरुका लागि शुक्र ग्रह निकै शुभ साबित रहनेछ। हरेक कुरामा सफलता मिल्नेछ । मनग्य धन लाभ हुनेछ । परिवारका सदस्यको पनि आम्दानी बढ्ने छ । समग्रमा यो समय निकै सुखद रहने छ । पार्टनरसँगको सम्बन्धले नयाँ उचाइ छुनेछ।

वृष राशि

शुक्रको राशि परिवर्तन वृष राशिका लागि निकै शुभ रहेको छ । उनीहरुको आम्दानी बढ्नेछ । अप्रत्याशित ठाउँबाट धन आर्जन हुनेछ । पैसाको अभाव समाप्त हुनेछ। सुख सुविधा र सौन्दर्यमा खर्च हुनेछ । यात्रामा जान सकिन्छ । परिवारसँग राम्रो समय बित्नेछ।

मिथुन राशि

मिथुन राशिका लागि पनि आगामी समय राम्रो छ। मान सम्मान बढ्नेछ । पुराना समस्या हल हुनेछन्। करियरमा समय राम्रो रहनेछ ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरुले शुक्रको कृपाले नयाँ घर तथा गाडी किन्न सक्नेछन् । तपाईले लगानी गर्न सक्नुहुन्छ जुन लाभदायक साबित हुनेछ। पार्टनरसँगको सम्बन्ध राम्रो रहनेछ । आफूले गरेको कामबाट सुख र शान्ति मिल्नेछ ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सबैको कल्याणकारी ग्राह मंगल राशि परिवर्तन गरेर कन्या राशिमा प्रवेश, शुभ-अशुभ कस्तो रहला हेर्नुहोस् !